साहाराले दियो १५०० भन्दा बढी कृषक लाई तालिम

कमल । परम्परागत रुपमा कृषि पेशा सञ्चालन गर्दै आएका कृषक लाई व्यवसायिक बनाउने उद्येश्यले आज झापाको दमकमा एकदिने तालिम सञ्चालन भएको छ ।
झापाको चारपाने स्थित साहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले दमक तथा आसपासमा कुखुरा पालक व्यवसायमा सञ्चालन गर्दै आएका कृषक लाई व्यवसायीक बनाउने उद्येश्यले तालिम आयोजना गरिएको सस्थाले जनाएको छ ।
पछिल्लो समय समाजमा ब्रोईलर कुखुराको माग भएकोले सस्थाका सदस्य लाई कुखुरा पालन व्यवसाय प्रति प्रवर्धनगर्न तालिम आयोजना गरिएको साहारा नेपाल साकोस दमक शाखाका प्रमुख डम्बर प्रधानले बताए ।
यस्तो तालिम समय समयमा भैरहनु पर्छ जस्का कारण हामि जस्ता कृषक लाई ठुलो फाईदा हुन्छ र तालिमले हामि जस्ता कृषलाई ठुलो क्षतिहुन बाट बच्न सकिने तालिमका सहभागी नारायण गुरागाई बताउछन् ।

This image has an empty alt attribute; its file name is ghk-1024x576.jpg


तालिमले हामि जस्ता कृषकलाई ठुलो फाईदा पुगेको छ । हामि कृषक राज्य तथा बजार अनुगमन बाट ठगिने गरेका छौं भने अर्को तर्फ गाउघरमा सामान्य रुपमा व्यवसाय सञ्चालन गरिएका व्यवसाय लाई तालिमले फाईदा पुगेको कृषक खेम भण्डारीले बताए ।
ब्रोईलर तालिम भनिए पनि यो तालिमको उदेश्य भनेको पशुपंक्षिका प्रजाति लाई समेट्ने हो । सस्थामा आवद्ध सदस्य लाई व्यवसायिक रुपमा पशुपक्षि पालन सम्बन्धि ज्ञान र सिप प्रदन गर्नुका साथै सस्थामा आवद्ध सदस्यलाई व्यवसायीक रुपमा अगाडी बढाउने सस्थाको उद्येश्य रहेको छ । सस्थाले गत आर्थिक वर्षमा १ हजार ५ सय लाई यो कार्यक्रममा समेटी सकेको छ । यस आर्थिक वर्षमा झापा ईलाम, मोरङ्ग, सुनसरी, उदयपुर गरी पाँच वटा जिल्लामा कार्यक्रम सञ्चालन भैरहेको साहारा साकोसका अनुगमन अधिकृत किसन गौतमले जानकारी दिए ।
अबको दिनमा परम्परागत कृषि प्रणालि लाई क्रमस व्यवसायीकी करण गर्दै लैजान आवश्यक छ । व्यवसाय सञ्चालन गनु पहिले न्युनतम आधारभुत तालिम लिएरमात्र व्यवसाय सञ्चालन गर्दा सफल हुन सकिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker