लैंगिक समानता र सशक्तिकरणको बाटो पो रोज्ने हो की ?

रेनुका गौतम

नेपाली हिन्दु नारीहरुको महत्वपुर्ण चाड तीज नजिकिदै गर्दा विभिन्न सञ्चार माध्यमहरुबाट तीजका गीतहरु गुन्जन थालेका छन् । तीनै गीतहरुको अनुशरण गर्दै महिलाहरु एक वर्षमा आउने यो चाडलाई कसरी मनाउने भन्दै समुह सञ्जालमा छलफल गर्न थालेका छन् ।
नेपाली हिन्दु नारीहरुको महत्वपुर्ण चाड तीजमा महिलाहरु भगवान शिवजीको पुजा आराधना गर्दै आफ्नो पतिको दीर्घायुको कामना गर्ने गर्दछन् । तीजको अघिल्लो दिन रातीसम्म मीठामीठा परिकारका खाना बनाई दर खाएर भोली पल्ट ब्रत बस्नु यो चाडको विषेशता हो ।
तीज कसरी शुरु भयो र यसको मान्यता र परम्परा अनि संस्कार के हो भन्ने आफ्नै सन्दर्भ छ । तर हाल आएर तीजलाई घरघरमा, समुह समुहमा दर खाएर, नाँचेर, रमाईलो गरेको देखिन्छ । सदियौं देखि चलिआएको चलन, संस्कार र सँस्कृतिको जगेर्ना गर्नु आफैंमा महत्वपुर्ण पक्ष हो । तर संस्कृतिको नाममा आजकाल तीजलाई भड्किलो पाराले मनाउने चलन त्यति सकारात्मक देखिदैंन । हुनत नारी स्वतन्त्रतालाई पचाउन नसक्ने हाम्रो समाजमा धर्मकर्म र पुजाआजामा महिलालाई नै ठेक्का दिएको जस्तो देखिन्छ । कतिपय समाजमा आज पनि महिलाहरुलाई यस्तै कुराहरुमा अल्मल्याएर घर बाहिरको राजनितिक तथा सामाजिक भुमिकाबाट बन्चित गरिएको पाईन्छ । जे होस् हाम्रो समाजको नियति यस्तै यस्तै छ ।
रह्यो तीजको कुरा, बर्षभरी मनमा पिडा पालेर चुलो चौकामै दिन चर्या गुजार्ने महिलाहरुको लागि त तीज एउटा रामै्र स्वतन्त्रताको माध्यम पनि बनेको छ । तर हिजोआजका आधुनिक भनाउन रुचाउने महिलाहरु जो अलिकति पश्चिमी प्रभावमा परेर त्यसैको सिको गरेका अनि सिन्दुर र पोते मिल्काएर कथित मोर्डन भई वर्ष भरी नै सजिन रुचाउने तर तीजको दिन रंगी विरंगी पोते र रातो पहिरनमा भारी गहनाका साथ प्रस्तुत हुन रुचाउछन् । जसले गर्दा आफ्नो आर्थिक हैसियत कम भएका महिलाहरुलाई पनि जसोतसो धान्नै पर्ने पिडा कहाँ कम होला र । तीजको गीतमा देखिएका भड्किला दृष्यका पछाडि लाग्न हाम्रो समाजका महिलाहरु किन पछि पर्थे र ?
आफुलाई पढेलेखेका र शिक्षित भन्न रुचाउने महिलाहरु त यी कुनै कुराको विश्लेषण नै नगरी पछि दगुर्छन् भने सामाजिक बन्चितिकरणमा परेका महिलाहरु त यसो गर्नु कुनै अनौठो कुरा होईन । जे होस् हामीले हाम्रो संस्कृति जोगाउनु त पर्छ नै तर धर्म र संस्कृतिमा विद्यमान सकारात्मक पक्षलाई आत्मसात गर्दै नकारात्मक पक्षलाई हटाउदै लानु पर्नेमा त्यस्तो हुन सकेको देखिदैन । तर एकदिन धेरै पोते र गरगहना लगाउदा पक्कै पनि संस्कृतिको जगेर्ना हुन्छ जस्तो लाग्दैन । फेरी स्वास्थ्यमा नै असर पर्ने गरी निराहार ब्रत बस्दैमा पतिको दीर्घायु हुन्छ भन्ने पनि छैन । जुन चाहि महिलाहरुका लागि निराहार व्रत बसी पतिको दीर्घायुको कामना गर्नु हाम्रो समाजका विभेदकारी संस्कार हुन । नारीहरुको स्वास्थ्यमा असर पर्ने गरी यसरी ब्रत बस्ने संस्कार परम्परादेखी चलिआएको पुरुष प्रधान समाजको उपज हो भन्दा फरक नपर्ला । तसर्थ महिलाहरुले अव सही र गलत कुरालाई आंैल्याएर लंैगिक समानता र सशक्तिकरणको बाटो पो रोज्ने हो की ?


लेखक ः कमल गाउँपालिकाको महिला तथा वालवालिका शाखा प्रमुखमा कार्यरत छन्

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker