नरेन्द्र जनतामा विज्ञान विषयको पढाई सुरु

कमल । कमल गाउँपालिकाको वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा मंगलवार देखि विज्ञान विषयको पढाई संचालनमा आएको छ ।
शिक्षा आयोग उत्रिण गरेका शिक्षक मणिराज अधिकारि भदौ ३ गते बाट हाजिर भएपछि विगत ४ महिना देखि अवरुद्ध विज्ञान विषयको पढाई नियमित रुपमा पठन पाठन सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक गंगा प्रसाइले जानकारी दिए ।
विद्यालयमा २०७५ साल चैत ४ गते देखि विज्ञान विषय पढाउने शिक्षक भिमप्रसाद खनाल सेवा निवृत भएपछि सो ठाउमा अर्का शिक्षक नियुक्ति हुन नसकेकोले ४ महिना देखि विद्यालयमा विज्ञान विषयको पढाई हुनसकेको भन्दै जनसंसद दैनिकले समाचार प्रकासन गर्दै आएको थियो भने शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थि संघले विध्यालय व्यवस्थापन समिती, विद्यालयका प्रध्यान अध्यापक र कमल गाउँपालिकमा केहि दिन पहिले ज्ञानप पत्र बुझाएका थिए ।
विद्यालयमा हाल ३ सय ८५ जना विद्यार्थि अध्यायनरत छन् विद्यार्थिको शैक्षिक गुणस्तर र सिकाई उपलब्धिका विषयमा विद्यालयले सुधारगर्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक प्रसाईले बताए ।
विद्यार्थिको शैक्षिक गुणस्तर विद्यालयको भौतिक पुर्वाधारले मात्र विकास हुदैन जसका लागी आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी विज्ञान प्रयोगशाला र कम्प्युटर शिक्षा सञ्चालन गर्न आवश्यक छ । त्यस्ता कक्षा सञ्चालनका लागी नेपाल सरकार बाट तालिम प्राप्त दरवन्दि सहितका शिक्षक उपलब्ध गराउनु पर्ने प्रधानाध्यापक प्रसाई बताउछन् ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker