सडक निर्माणका लागी बस्ति व्यवस्थित गरिदै

कमल । निर्माणधिन मंगलवारे क्याम्पा हुँदै शिवगंज सम्म जोड्ने सडक अन्तरगत कमल खोलाको पुलको प्रभावित क्षेत्रमा पर्ने बस्तिलाई आज व्यवस्थित गरिएको छ ।
पुल निर्माण सगै पुलको पश्चिमतर्फ कमल गाउँपालिका वडा नम्वर २ क्याम्पा बजारमा पर्ने १० परिवार लाई प्रभावित क्षेत्र बाट हटाई नजिकै रहेको खालि जमिनमा प्रति परिवार साडे ६ धुर जमिन उपलब्ध गराई सारिएको कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तारानाथ न्यौपाने ले बताउनु भयो ।
बजारभित्र थोरै जमिनमा अब्यस्थित बसोवास गरिरहेका व्याक्ति लाई खोलाले छाडेको जमिनमा सबैको पहलमा व्यावस्थित बसोवास गराउन लागीपरेको क्याम्पा वजार टोलविकास सस्थाका अध्यक्ष हरिकुमार पराजुलीले बताउनुभयो
बजारको विकास र सडक निर्माण समयमा नै हुन्छभने बर्षै देखी बसोवास गर्दै आएको ठाउ छोड्दा आफुहरु लाई कुन दुखमनाउ नभएको स्थानिय हरि बहादुर श्रेष्ठ बताउनुहुन्छ
वडा कार्यलय, बजार समिती र टोल विकास सस्थाको संयुक्त पहलमा सडक निर्माणका क्रममा प्रभावित क्षेत्रमा पर्ने परिवारलाई व्यवस्थित गराएकोमा स्थानिय वासि ले खुसि व्याक्त गरेका छन् ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker