कमल गाउँपालिकामा पुर्ण सरसफाई अभियान संचालन

कमल । कुनैपनि कुरा पाउन जति सजिलो छ ,त्यसलाई बचाई राख्नु त्यो भन्दा गारो भएको एक कार्यक्रमका सहभागीहरले बताएका छन् ।
शुक्रवार झापाको कमल गाउँपालिकामा सामाजिक रुपान्तरणका लागी पुर्ण सरसफाई अभियान पालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी भेलाका सहभागीले यस्तो बताएका हुन् ।
कमल गाउँपालिकाले दुई वर्ष अगाडी नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेवापत अ‍ोडिएफ च्याम्पियन अवार्ड पाए पनि अहिले त्यस लाई जोगाई राख्न गाउँपालिका लाई चुनौती भएको छ ।
हिजो हामिले अ‍ोडिएफ घोषण गर्ने समय निर्माण गरिएका चर्पि आज मर्मत सम्भार को अभावमा छन् । त्यो वेला निर्माण गरीएका चर्पि टुट फुट हुन थालेका छन् प्रयोगकर्ताले मर्मत नगरी प्रयोग गरिरहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
यस्तो समयमा गाउँपालिका लाई पुण सरसफाई अभियानमा छनौट गरेकोमा धन्यवाद समेत दिईन् । हिजो हौचालय थिएन हामिले शौचालय बनाईदियौ अव यसलाई कसरि प्रयोग गर्ने शोचालय प्रयोग गरिसकेपछि कसरि त्यसको सरसफाई गर्ने भन्ने विषय रहेको बेला कार्यक्रम लागु भएको छ ।यस बाट गाउापालिका लाई ठुलो सहयोग पुग्ने समेत अध्यक्ष काफ्लेले बताईन ।
झापाको गौरव, झापाको सान, सामाजिक रुपान्तरणका लागी पुर्ण सरसफाई अभियान भन्ने नाराका साथ झापा जिल्लामा दुईवटा गाउँपालिका र एक नगरपालिकामा पुर्ण सरसफाई अभियान लागुभएको छ । जस अन्तरगत कमल गाउँपालिका र गौरिगंज गाउँपालिका तथा वर्तामोड नगरपालिका पुर्ण सरसफाई अभियान कार्यक्रम लागुभएको हो । यो कार्यक्रम लागुभएका गाउपालिका र नगरपालिकाका जनताले सरसफाई सम्बन्धि न्युनतम आवश्यकता पुरागर्नुपर्ने हुन्छ । शौचालय गरेपछि न्युनतम साबुन पानिले हातधुनु शौचालयमा शौच गर्नु पर्ने जस्ता न्युनतम कामगर्नु पर्ने बारे कार्यक्रमका सहभागी लाई विराट सामुदायीक अध्यायन केन्द्रका सदस्य सोम आचार्यले जानकारी गराएका थिए ।

This image has an empty alt attribute; its file name is qw-1-1024x576.jpg


पुर्ण सरसफाईका लागी ठुलो बजेटको आवश्यकता नपर्ने आफुले गरिरहेका काममा थोरै परिवर्तन ल्याउने हो भने पुर्ण सरसफाईका कार्यक्रम सफलहुने यु एन ह्याविटासका झापा जिल्ला संयोजक विनोद शर्माले बताए । आज विद्यालयमा भईरहेका अतिरिक्त कृयाकलाप कार्यक्रममा सरसफाई पनि समाबेस गर्न सकिने , सेलिब्रेसन मनाउदा बोट विरुवा रोप्ने वा सरसफाई गर्ने , वातावराण लाई समेत असर नहुने खालका गतिविधी लाई विस्तारै अगाडी बढाउने हो भने पुर्ण सरसफाई अभियान सफल हुने शर्माले बताए ।
गाउपालिका लाई कसरी पुर्ण सरसफाई बनाउन सकिन्न भनेर यो कार्यक्रम सञ्चालनमा त्यएको हो हेर्दा बजेट थोरै देखिन्छ , हाम्रो उद्येश्य भनेको हरेक कुरामा स्वस्चता ल्याउनु रहेकोले सबै मिलेर आ आफ्नो ठाउ बाट लागेमा कमल गाउँपालिका पुर्ण सरसफाई अभियानमा नमुन गाउँपालिका बन्ने कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत युवराज ढकालले बताए
कार्यक्रममा कमल गाउँपाकिाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा वडा अध्यक्ष, विद्ययाल , विभिन्न संघ सस्था, बाल क्लव , उद्योगी व्यवसायी , खानेपनी शिक्षा स्वस्थ्य लगायतका संघसंस्थाका प्रतिनिधी रहने गरी ३१ सदस्य कमल गाउँपालिका स्तरिय खानेपानि , सरसफाई तथा स्वस्छता समन्वय समिती समेत गठन भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker