कमल गाउँपालिकामा व्यासायिक पशुपालन तर्फ कृषकको आकर्षण बढ्दो

कमल । कमल गाउँपालिकाले व्यवसायिक पशुपालक कृषककालागी विभन्न कार्यक्रम ल्याए सगै पछिल्लो समय गाउँपालिकामा व्यवसायिक पशुपालन गर्ने कृषकको सख्या ह्वात्तै बढेको छ ।
गाउँपालिकाले व्यवसायिक रुपमा पशुपालन गर्ने कृषक लाई गोठ निर्माण, भकारो सुधार कार्यक्रम , कृतिम गर्भाधानमा सहुलियत , व्यवसाय प्रवद्धन कोष मार्फत व्याज अनुदानमा विउ पुजि समेत प्रदान गरिने जस्ता कार्यक्रम ल्याए सगै पशुपालन तर्फ कृषकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ ।
व्यवसायिक रुपमा पशुपालन रोजगार समेत श्रृजना हुने भएकोले यस्ता फर्म तथा व्यावसायिलाई गाउँपालिकाले सहयोग गर्ने पशुसेवा शाखाले जनाएको छ । आर्थिक वर्ष ०२७५। ०७६ मा व्यवसायिक रुपमा ४७ जनाले गाई फर्म दर्ता गराएका छन् । त्यसैगरी ७ जनाले भैसि फर्म ४३ जनाले बंगुर फर्म ६३ जनाले कुखुरा फर्म १५ जनाले बाख्रा फर्म ३ जनाले माछा फर्म दर्ता गराएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख बद्री भट्टराईले जानकारी दिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker