धरमपुरका आशिष खनाल तीनदेखी बेपत्ता, परिवारद्धारा खोजी कार्यमा सहयोग गरिदन आग्रह

धरमपुर, ७ साउन–झापा शिवसताक्षी–१ धरमपुरका १३ वर्षीय आशिष खनाल तीन दिनदेखि बेपत्ता भएका छन् । साविक धरमपुर गाविस वडा नं –९ का माता विमला र पिता गोकुल खनालका १३ वर्षीय छोरा आशिष खनाल बेपत्ता भएका हुन् । धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा कक्षा–७ मा अध्ययनरत आशिष साउन ५ गते हराएका हुन् ।

दुुइ रङको भेष्ट, सामुदायिक विद्यालयको निलो पैन्ट र साधारण फ्याटफ्याटे चप्पल लगाएर हराइरहेका आशिष नेपाली, अंग्रेजी र हिन्दी भाषामा कुरा गर्न सक्ने उनका बुवा गोकुलले बताए । उनका वुबा गोकुलले एक अपील प्रकाशित गर्दै भनेका छन्, ‘मेरो छोरालाई देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरीमा खवर गरिदिन आग्रह गरेका छन् । ’

This image has an empty alt attribute; its file name is asish-khanal-dharampur-696x928.jpg

छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन ५ गते देखि वेपत्ता भएको उनका बुबा गोकुल खनालले बताए ।

आफन्त र उनका साथीहरुको घर खोजी गर्दा पनि कहि फेला नपरेको खनालले बताए । उनका छिमेकी साथीका अनुसार दिउसो १ बजेसम्म घरैमा लुकिडुम खेलिरहेका थियौ । लुक्ने क्रममा हराएका उनि अहिलेसम्म फर्किएका छैनन् ।

यता ईलाका प्रहरी कार्यालय झिलझिलेले बालक वेपत्ता भएको निवेदन आउने वित्तिकै खोजी कार्य शुरु गरेको बताएको छ । हामीले मातहतका प्रहरी खटाएर संभावित स्थानमा खोजी गरिरहेका छौ । बेपत्ता बालक धरमपुरको लक्ष्मी नारायण माविमा कक्षा ७ मा अध्ययनरत थिए भने यसअघि सुरुङाको कनकाई माविमा कक्षा ६ सम्म अध्ययन गरेका थिए ।

हाम्रोसरोकारडटकम बाट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker