मोफसलको टप कोरियोग्राफरमा जिताउन प्रणितको भोट अपील

झापा । मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन मोडल अवार्डमा मोफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् । आगामी साउन २३ गते काठमाडौंमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् ।

बिगत पाँच वर्षदेखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका प्रणितले अवार्ड जित्नका लागि भोटको अपील गरेका हुन् ।सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमा पूर्व मिस नेपालहरु सुगारिका केसी र माल्भिका सुब्बा, मिस्टर मोडल अफ दि वल्र्ड दिक्पाल कार्कीसहित अन्य चर्चित व्यक्तिहरुको नाम समावेश छ ।

टप फाइब कोरियोग्राफरको नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्ध निर्देशक रहेको कम्पनी ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टसमेत मौफसलको टप फाइबइ भेट म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ ।

पुडासैनी सञ्चारकर्मी समेत हुन । त्यसैगरी इमरजिंग फेशन डिजाइनरका रुपमा झापा बिर्तामोडका बिवेश राईसमेत नोमिनेशनमा परेका छन् ।

प्रणितलाई मोफसलको टप कोरियोग्राफरका रुपमा विजयी बनाउन मोवाइलमार्फत PN 33A टाइप गरी 33001 मा पठाउनु पर्ने हुन्छ ।

साझामञ्चडटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker