जनताको तटवन्ध कार्यक्रम ले मेचि पारिका जनतालाई निंद्रा सगै रोजगारी

उमानाथ भण्डारी


कमल । झापा भद्रपुर नगरपालिका ३ मेचिपारि भाङ्गवारीका स्थानिय वासिलाई गतवर्ष यो समयमा गाउँनै छाडेर भाग्नुपर्ने चिन्ताले सताएको थियो भने आजभोलि आफ्नै गाउँ प्यारो लाग्नथालेको छ यसका साथै रातको समयमा ढुक्क संग निद्रा पनि लाग्नेगरेकोे छ
गतवर्ष मेचि नदीको भंगालो गाउमा पसेर कटान गर्न थालेपछि स्थानियलाई अव कताजाने र के खाने चिन्ताले सताउन थालेको थियो । रातको समय ढुक्क सग सुत्नुको त कुरै आउदैन थियो । अकोतर्फ बल्ल बल्ल आएको विजुलिको पोल समेत ढल्ने चिन्ताले स्थानिय वासिलाई सताएको थियो ।
नदिको भंगालो पसेर कटान गरेको ठाउमा जनताको तटवन्ध कार्यक्रम अन्तरगत ६० लाख रुपैयाको को लागतमा यस वर्ष तिनसय ५० मिटर लम्वाईमा तटवन्ध गरेपछि एकतिर वाढिबाट आफुहरु लाई ढुक्क भएको छ भने अर्को तर्फ चिया उद्योगिले चिया प्रशोधन गर्ने फ्याक्ट्रि खोलेपछि रोजगारी समेत पाएकोे भाङ्गवारी बचाउ तटवन्ध कार्यक्रमका अध्यक्ष अनय राजवंशी बताउछन् ।
नगरपालिका को वडा नम्वर २ स्थित गैरीगाउँमा देउनिया खोलाको डुवान बाट हैरान भएका स्थानिय लाई अव भने ठुक्क भएको छ । यस ठाउँमा जनताको तटवन्ध कार्यक्रम अन्तरगत ६१ लाख रुपैयाको लागतमा ५ सय २० मिटर लम्वाईको जनताको तटवन्ध कार्यक्रम अन्तरगत तटवन्ध गरेपछि याहाँका १९ घरधुरी लगायत १५ सय खेतियोग्य जमिन डुवान हुन बाट बचेको गौरीगाउँ बचाउ तटवन्धका अध्यक्ष घनेन्द्र लिङ्गदेन बताउछन्

This image has an empty alt attribute; its file name is d-1-1024x576.jpg


सदरमुकाम बचाउँ कार्यक्रम अन्तरगत भद्रपुर नगरपािलका लाई मेचि नदी बाट हुन सक्ने जोखिम बाट जोगाउन जनताको तटवन्ध कार्यक्रम अन्तरगत वडा नम्बर ५ स्थित देवि बस्तिमा ६४ लाख रुपैयाको लागतमा १ सय ४५ मिटर तटवन्ध गरिएको जनताको तटवन्ध कार्यक्रमका ईन्जिनियर रुपचन्द्र अधिकारीले जानकारी दिए ।
जनताको तटवन्ध कार्यक्रमकले झापाका प्रमुख नदि अन्तरगत रतुवामावा,कमल, कन्काई, विरिङ्घ र मेचि नदिको वाढी बाट हुन सक्ने जोखिम लाई न्युनिकरण गर्न ३ सय २५ शदमलव १६ किलोमिटरमा तटवन्ध गर्नुपर्ने हुन्छ । जस अन्तरगत गत अािर्थक वर्षमा ६० दशमलव ४२ किलोमिटर र यस आर्थिक वर्षमा १७ दशमलव ९२ किलोमिटरगरी जम्मा ७८ दशमलव ३४ किलोमिट तटवन्ध गरिएको जनताको तटवन्ध कार्यक्रमका कार्यलय प्रमुख मेखनाथ शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker