शिक्षक नियुक्तिमा ढिलाईका कारण विद्यार्थिको भविश्य अन्धकार बन्दै

उमानाथ भण्डारी

No posts found.

कमल । झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाई हुँदा हुँदा विद्यार्थिको भविश्य अन्धकार बन्दै छ ।
गाउँपालिकाको वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा २०७५ साल चैत महिना देखि विज्ञान विषय पढाउने शिक्षक भिमप्रसाद खनाल सेवा निवृत भएपछि सो ठाउमा अर्का शिक्षक नियुक्ति हुन नसकेकाले चार महिना देखि विज्ञान विषयको पढाईहुन सकेको छैन जसका कारण विद्यार्थिको भविश्य अन्धकार बन्दै गैईरहेको छ ।
शिक्षक नियुक्तिमा समस्याका कारण विज्ञान विषयको पढाई नभए पछि भर्खरै सम्पन्न परिक्षामा विज्ञान विषयको परिक्षा नभएको विध्यालयले जनाएको छ ।
शिक्षक नियुक्तिका लागी विद्यालय व्यवस्थापन समितीले शिक्षा विकास समन्वय समिति झापामा समर्थनका लागी पटक पटक अनुरोध गर्दापनि समर्थन नपाएर शिक्षक नियुक्ति गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन भण्डारीले जानकारी दिए ।
शिक्षा सेवा आयोग उत्रिण गरेका शिक्षकको नामावली विभागमा पठाई सकेको तर विभागले अहिले सम्म त्यो नामावली जिल्लामा नपठाएका कारण दरवन्दि खालिभएका विद्यालयमा शिक्षक पठाउन नसकेको शिक्षा तथा समन्वय ईकाई झापाका सिकाई प्रमुख जयप्रसाद महतले जानकारी दिए । तर उनका अनुसार विभाग बाट नामवली प्राप्त हुनासाथ कुन विद्यालयमा कुन शिक्षकको आवश्यकता छ सोहि अनुसार शिक्षक पठाईने समेत प्रमुख महतले बताए ।
विद्यालयमा शिक्षक खालिभएको जानकारी पाउना साथ तुरुन्त अर्को शिक्षक नियुक्तिका लागी विद्यालय व्यवस्थापन समिती लाई निर्देशन गरेका थियौं तर अहिले सम्म भएको रहेन छ के कारणले नभएको हो गाउँपालिकाले यस विषयमा मा तुरुन्त बुझेर प्रकृया अगाडी बढाउने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले ले जनाकारी दिईन् ।
शिक्षक नियुक्तिका विषयमा कुरा बुझ्न विद्यालयका प्रद्यानापक गंगा प्रसाद प्रसाई संंग
मोवाईल नम्बर ९८४२६४९०२५ मा पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआए पछि उनको भनाई लाई समेट्न सकिएन ।
शिक्षक नियुक्तिमा जुँगाको लडाईले ४ महिना देखि विध्यार्थिको विज्ञान विषयको पढाई हुन सकेको छैन । पढाई नभए पछि विद्यार्थिले त्रैमासिक परिक्षा दिन पाएनन् । यसरी आ आफ्नो अडानमा रहेर शिक्षक नियुक्ति नगर्ने हो भने विध्यार्थिको भविश्यको जिम्वेवारी को हुने ? यस विषयमा सम्बन्धित पक्षले जति सक्दो छिटो शिक्षक नियुक्ति गरेर विद्यार्थिको पढाई नियमित सन्चालन गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker