विविधकार्यक्रका साथ१६ औं राष्ट्रिय धान दिवस सम्पन्न

कमल । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाईएको छ ।
सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

No posts found.
This image has an empty alt attribute; its file name is FG-1024x576.jpg


झापाको कमल गाउँपालिकाले यस वर्ष दिवसको मुख्य कार्यक्रम वडा नम्बर ४ स्थित नव जाग्रिती महिला समुहले तयार पारेको खेतमा मन्त्रि लगायत अतिथीले धान रोपेर मनाएका छन् । कार्यक्रममा प्रमुख अतिथी प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्किले धान प्रमुख खाद्यन्न वाली भएपनि आयत गर्नुपरेको बताउदै दिनमा आगामि दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए । धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार र यान्त्रिकीकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता रहेको मन्त्रिले बताए ।

This image has an empty alt attribute; its file name is zs-1024x576.jpg


कार्यक्रममा पदेश सांसद अर्जुन राईले धना सगै तेलहन, दलहन जस्ता खाद्यन्न वालि समेत आएत गर्नुपरेको बताउदै अवका दिनमा आयत लाई विस्थापित गर्दै उत्पादन लाई बढावा दिनुपर्ने बेला आएको बताए । उत्पादन वढाउनका लागी किसान लाई जागरण र आकर्षण हुने खालका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए ।

This image has an empty alt attribute; its file name is gh-1-1024x576.jpg


कृषिको विकास विना अर्थिक विकास संम्भव छैन। त्यसैले कमल गाउँपालिका व्यवसायिक कृषकलाई व्यवसाय प्रवद्र्धन का लागी गाउँपालिकाले सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्य

This image has an empty alt attribute; its file name is S-1024x576.jpg

क्ष बेनु सिवाकोटी, क्यारितास नेपालका देवेन्द्र पोख्रेल,कृषिक्याम्पसका देवेन्द्र चुडाल लगायतले बोलेका थिए ।्
कार्यक्रममा २८ जना उत्कृष्ट कृषक लाई सम्मान गरीएको थियो । एकतिर धानदिवस मनाई रहँदा उता कृषक भन्दै थिए धान चामल वाहिरबाट ल्याउने यहाँ धान दिवस मनाउने के सुहाउँछरु अन्य देशका मानिसहरु ७ प्रतिशतले कृषि गर्दा निर्यात गर्छन । हाम्रो ९० प्रतिशत कृषिमा लाग्दा पनि आयात हुन्छ । के हामीले लाज भन्ने बस्तु नेपाली समाजबाट भगाएका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker