सिवाकोटी अखिल नेपाल किसान महासंघको केन्द्रिय समितीमा सर्वसम्मत चयन

कमल । वामदेव गौतम संयोजक रहेको अखिल नेपाल किसान महासंघको केन्द्रिय समितीमा झापा कमल गाउँपालिकाका बेनु सिवाकोटी समेत चयन भएका छन् ।
केन्द्रिय समितीमा चयन भएका सिववाकोटीले सचिवालय समिती का साथै अखिल नेपाल किसान महासंघको झापा ईन्चार्जको समेत जिम्वेवारी पाएका छन् ।
झापा कमल गाउँपालिकाका उपाध्यक्ष समेत रहेका सिवकोटी केन्द्रिय समितीमा सर्वसम्मत चयन भएका हुन् । २०३७ साल देखि किसान आन्दोलनमा लागेका सिवकाटी ईलाका ईन्चार्ज, झापा जिल्ला सलस्य ,क्षेत्रिय ईन्चार्ज अञ्चल ईन्चार्ज हुँदै २०५८ सालमा राष्ट्रिय समितीमा रहेर किसानका हकहितका निम्ति काम गरीसकेको अनुभव रहेको छ ।

This image has an empty alt attribute; its file name is 65231090_481546515748232_3128317134589919232_n-1.jpg


यही जेठ ३१ गतेबाट असार ६ गतेसम्म चलेको उच्चस्तरीय भेलाले महासंघको केन्द्रीय समिति, सचिवालय र स्थायी समितिममा रहनेको सूची तयार पारेको हो ।
बैठकले संयोजक गौतम र सहसंयोजक चित्रबहादुर श्रेष्ठले प्रस्तुत गरेको अखिल नेपाल किसान महासंघको विधान र राजनीतिक प्रतिवेदन समेत परिमार्जनसहित सर्वसम्मतिबाट पारित गरेको बताइएको छ ।
भेलामा संयोजक गौतम, सह–संयोजक श्रेष्ठसहित केशवलाल श्रेष्ठ, हरिप्रसाद पराजुली शारदाप्रसाद सुवेदी, बलराम बाँस्कोटा, सेसुराम भण्डारी, नहेन्द्र खड्का र केपी बरालको सहभागिता रहेको थियो
२५१ जना रकेका केन्द्रिय समिती र ५१ जना केन्द्रिय सचिवालय समिती समेत गठन भएको छ । केन्द्रिय सचिवालय समितीमा समेत सिवाकोटी पर्न सफल भएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker