पाचौं अन्तराष्ट्रिय योग दिवश विभिन्न कार्यक्रमगरी सम्पन्न
कमल । “गरौं योग , रहौं निरोग” भन्ने नाराका साथ आज पाचौं अन्तराष्ट्रिय योग दिवश मुलकभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
यसै अवसरमा झापा जिल्लामा दमक , विर्तामोड, सुरुङ्गा, बैगुनधुरा लगायका ठाउमा विभन्न कार्यक्रम गरी पाचौं अन्तराष्ट्रिय योग दिवश मनाएको छ भने यता पतन्जलि योग कमल गाउँसमितीले पनि पाचौं अन्तराष्ट्रिय योग दिवशका अवसरमा विभिन्न विभिन्न प्रोटोकल सहित प्रभातफेरी गरेरयोग दिवश मनाएको समितीले जनाएको छ ।
समितीले अन्तराष्ट्रिय योग दिवशको अवसर पारेर असार ४ गते हाजिरी जवाफ प्रतियोगिता , ५ गते कमल गाउँपालिका बाट हरिद्वार गएर एक महिना सम्म योगसबन्धि तालिम लिए आएका व्यात्तिलाई सम्मान र आज विभिन्न प्रोटोकल सहित योग अभ्यास पछि केर्खा बजारमा प्रभातफेरी गरेर अन्तराष्ट्रिय योग दिवश मनाएको पतन्जलि योग कमल गाउँसमितीका सचिव तिलोचन गौतमले जानकारी दिए ।

समितीका अध्यक्ष कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पतन्जलि योग झापा जिल्ला सदस्य उमानाथ भण्डारीले पहिले पहिले मानिस सरुवा रोगका कारण मृत्यु हुन्थ्यो भने आजभोली नसर्ने रोग बाट मानिसको मृत्यु हुन थालेको ले अवका दिनमा स्वस्थ्य रहने एउटै उपाय नियमित योग र खानपानमा ध्यानदिन अनुरोध गरेका थिए ।
त्यसैगरी पतन्जलि योग झापा जिल्ला महिला कोषाध्यक्ष कुमारी खतिवडा योग शिक्षक मात्रिका नेपाल र घनश्याम प्याकुरेलले लगायतले पाचौं योग दिवसको सफताको शुभकामना मन्तव्य राखेका थिए ।
कायक्रम लाई मोहन खनालले सन्चालन गरेका थिए भने प्रेम विमलीले स्वगत मन्चव्य राखेका थिए ।