प्रधानमन्त्री रोजगार कार्यक्रममा युवाहरु आकर्षण बढ्दो

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभराम्भ भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फारम भरेका बेरोजगार युवा लाई अभिमुखिकरण तालिम दिएपछि काममा खटाईएको कमल गाउँपालिकाले जनाएको छ ।
रोजगारीका लागी फारम भरेका बेरोजगार युवालाई कामका लागी पारीश्रमिकका आधारमा काममा खटाईएको छ।
हिजो सम्म वेरोजगार भएर तास खेलिरहुन्थे भने आज काम पाएकोमा खुशि भएको कमल गाउँपालिका वडा नम्बर २ का फणिण्द्र पौडेल बताउछन् ।
गाउँपालिकाले फारम भरेका युवाहरुको क्षमताका आधारमा काम दिएको छ । हिजोसम्म वेरोजगार भएका युवा आज काम पाए पछि निकै खुशिछन् । बेगारी भएर टिभि हेरेर दिन काटिन्थ्यो भने अव अब व्यास्त भएकामा खुशि लागेको कमल गाउँपालिका वडा नम्बर २ की चित्रकुमारी वास्तोला बताउछिन् ।
.सुरुका दिनमा युवाहरुको कामप्रति खासैचासो थिएन तर पछिल्लो दिनमा काममा फर्किने युवाहरुको संख्या बढेको छ । फोकटमा दिन जान्थ्यो भने टाईम पासपनिहुने आम्दानि पनि हुने भनेर युवाहरुमा काममा आउनेक्रम बढेको स्थानिय टिकाराम सुवेदी बताउछन् ।
सुरुका दिनमा गाउँपालिका आशपासको निर्माण तथा सरसफाईमाको काममा खटाईने छ भने पछिल्लो दिनमा गाउँपालिकाका विभिन्न वडामा सन्चालित आयोजना स्थलमा खटाईने रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।
कमल गाउँपालिकामा १ हजार ३ सय ७० जनाले बेरोजगारको फारम भरेकोमा अहिले १ सय जनाले कामका लागी पारिश्रमिकका आधारमा रोजगारी पाएको संयोजक तिवारी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker