रतुवामाई वृक्षारापण आयोजना लाई नमुनाको रुपमा विकास गर्नुपर्ने

कमल । वन नियन्त्रण सम्बन्धि नियमित रुपमा सरोकारवाला संग अन्तरक्रिया तथा छलफल गर्दै वन नियन्त्रण सम्बन्धि एक्सन प्लान बनाएर स्थानियवासी संग कार्यक्रम सन्चालन गर्ने हो भने आयोजनाको अतिक्रमित हुँदै गरेको जमिन जोगिने बताएका छन् ।
प्रदेश नम्बर १ को एकमात्र सरकारी वन झापाको रतुवामाईवृक्षा रोपण आयोजनाले वन अतिक्रमण नियन्त्रण सम्वन्धि अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथी समेत रहेका प्रदेश नम्बर १ का सांसद झलकसिंह दर्लामिले सो कुरा बताएका हुन् ।
वन नियन्त्रण सम्बन्धि नियमित रुपमा सरोकारवाला संग छलफल तथा अन्तरक्रिया नहुनु र वन नियन्त्रणमा एक्सन प्लान नभएका कारणले आयोजनाको क्षेत्र अतिक्रमण भएको संसद दर्लामीले बताएका छन् ।।
आयोजनाको मातहतमा भएको वनको क्षेत्रफल अतिक्रमण हुन थालेपछि त्यसलाई कसरि रोक्न सकिन्छ भनेर आयोजनाले सरोकारवाला निकायसग छलफल तथा अन्तरक्रिया गरेको आयोजनाले जनाएको छ ।
कार्यक्रममा रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विक ले आयोजनाको तर्फ बाट वनक्षेत्र अतिक्रमण हुनुका कारण समाधानका उपाय लगायतका विषय समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
पुर्वमा माईखोला पश्चिममा रतुवा खोला उत्तरमा ईलामको चुलाचुली गाउँपालिका र दक्षिणमा पुर्वपश्चिम राजमार्ग संग सिमाना जोडिएको यस आयोजनाको क्षेत्रफल २ हजार ७ सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यतिधेरै क्षेत्रफलमा फैलिएको आयोजनाको अहिले चारैतिर बाट अतिक्रमण हुन थालेको छ । विभिन्न संघ सस्था ,खेलमैदान, सुरक्षा निकाय लगायले २९ दशमलव ९ हेक्टर जमिन अतिक्रमण गरेको प्रतिवदनमा उल्लेख गरीएको छ ।
आयोजना संग सिमाना जोडिएका स्थानिय तहका प्रमुख, सामुदायि वनका प्रतिनिधी, सरकारी वन कार्यलयका प्रतिनिधी स्थानिय संघ सस्थाका प्रतिनिधी बिच वन अतिक्रमण रोक्ने विषयमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा आयोजनाले वार्षिक रुपमा अतिक्रमण्म रोक्ने विषयमा निती तथा कार्यक्रम बनाउनु पर्ने, सरोकारवाला निकायसंग नियमित छलफल तथा अन्तरक्रिया गर्नुपर्ने, आयोजना बाट उत्पादन भएको काठ दाउरा निश्चित प्रतिशत स्थानियवासि लाई प्रयोगगर्न दिनुपर्ने उद्योग तथा वन वातावरण मन्त्रालय प्रदश नम्बर १ का सचिव बद्रीनाथ ढुङ्गानाले बताए ।
प्रदेश नम्बर १ को गहनाको रुपमा रहेको यो आयोजना लाई जोगाउन सबै सरोकार वाला निकायको हातेमालो आवश्यक रहेकोले सबै मिलेर यस लाई जागाउन लाग्नुपर्ने वन पैदावर विकास समितीका अध्यक्ष चन्द्रमान डंगोलले बताए ।

This image has an empty alt attribute; its file name is dr-1-1024x576.jpg


आयोजनाको केहि जमिन व्याक्तिको नाममा दर्ता गराउन ठुलोचलखेल भैरहेकोले यसलाई रोक्न आयोजना लाग्नुपर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन्।
आयोजनाले वन अतिक्रमण जोगाउन के कस्ता कार्यक्रम सन्चालन गदैछ त्यो वारे जानकारीहुन आवश्यक छ । अतिक्रमण रोक्ने पहिलो लायित्व आयोजनाको हो । अतिक्रमण रोक्ने ठोस कार्यक्रम बनाएर आएमा साथदिन तयाररहेको शिवसताक्षी नगरपालिकामा मेयर चन्द्रकुमार शेर्माले बताए ।
आयोजनाको सिमाना निश्चितगरी घेरावार गरेमा अतिक्रमणहुन बाट जोगीने चुलाचुली गाउपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले बताए ।
२०३३ सालमा स्थापना भएको रतुवामाई वृक्षारोपण आयोजनामा वातावरणीय र आम्दानिको दृष्टिले उपयोगी हुनेखालको वृक्षारोपण गर्नुपर्ने , चरिचरण नियन्त्रण गर्नुपर्ने स्थानिय निकाय संग समन्वयगरी खेलमैदान , सिमसारक्षेत्र व्यवस्थित गर्दै आयोजना लाई नमुनाको रुपमा विकास गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker