कमलमा शैक्षिक गुणस्तर सुधारका लागी छलफल तथा अन्तरकृय

कमल । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी आज बाट झापाको कमल गाउँपालिकाले छलफल तथा अन्तरक्रीय सुरुगरेको छ ।
सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खच्किएको भन्ने चौतर्फि विरोध भै रहेका बेला गाउँपालिकाले छलफल तथा अन्तरक्रीय सुरुगरेको हो ।
अन्तरकृया गर्नेक्रममा आज पहिलो दिन कमल गाउँपालिका वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालय मा छलफल तथा अन्तरक्रीय सम्पन्न भएको थियो ।
कार्यक्रममा कमल गाउँपालिकामा जनप्रतिनिधी, अविभावक , शिक्षक , वालक्लवका विद्यार्थि, शिक्षक अविभाव सघ , विध्यालय व्यास्थापन समिती विच शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल तथा अन्तरक्रीय भएको थियो ।
बाट गाउँपालिकामा भएका २१ वटै सामुदायीक विध्यालयमा पुगेर अविभावक , विद्यालय व्यवस्थापन समिती र वालक्लव सग छलफल गर्नुका साथै विध्यालका सबै भन्दा जान्ने विद्यार्थिका आमा लाई आमा समुहको अध्यक्ष बनाउने र विउपँुजि दिएर नियमित विद्यालय आउने वातावर मिलाउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
विद्यायलयको शैक्षिक गुणस्तर सुधारगर्न अविभावक , शिक्षक स्टफ र विध्यार्थि एक आपसमा मिलेर अगाडी बढ्नु पर्छ अनिमात्र शैक्षिक गुणस्तर सुधार्न सकिन्छ तर शैक्षिक गुणस्तर के हो त ? यो मापन गर्न पनि जरुरी भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहल बताए ।
विध्यालयले वार्षिक क्यालेण्डर आफ्ना कार्यक्रम संचालन गर्नुका साथै गाउँपालिका स्तरिय शिक्षा समितीले बेलाबेलामा विद्यालयको दनुगमन गरेमा शैक्षिक गुणस्तर सुधार हुने कमल गाउँपलिका शिक्षा समितीका सदस्य राजन ढुङ्गाना बताए ।
विद्यार्थिको भावना अनुरुप विधयालयले शैक्षिक गतिविधी नगरेको कारणले पनि विध्यार्थिको पढाईमा समस्या भएको कमल वाल सन्जालकी अध्यक्ष प्रितिका सुवेदीले बताईन् ।
विद्यार्थिको शैक्षिक योग्यता मापन गरेर सोहि अनुशारको शिक्षा प्रदान गर्नु पर्ने शहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ खतिवडाले बताए ।
शिक्षकले नपढाएका कारण शैक्षिक गुणस्तर खच्चिएको लगाएतका विभिन्न आरोप खेपिरहेका शिक्षकले बाहिर बाट हेर्दा जति देखिन्छ भित्र त्यस्तो नभएको शहिद धर्मभक्त माध्यमिक विध्यालयका प्रद्यानापक काजिमान पौडेलले बताए ।
शैक्षिक गुणस्तर सुधारगर्न शिक्षक, अविभावक र विद्यार्थि सबैको उत्तिकै भुमिका हुन्छ । एकले अर्का लाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि सबै सगै मिलेर अगाडी बड्नेहो भने शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker