मोटरसाईकल मर्मत तालिम समापन

कमल गाउँपालिकामा अव कोहीपनि बेरोजगार नहुने

कमल । कमल गाउँपालिकामा अब कोहीपनि वेरोजगार नहुने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
कमल गाउँपालिकाको वित्तिय सहयोग तथा नवोदय वहुउद्येश्यीय सहकारी सस्थाको आयोजनामा तिन महिना देखी संचालित मोटरसाईकल मर्मत तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण पछि आफ्नो मन्तव्यका क्रममा काफ्लेले यस्तो बताईकी हुन् ।
कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समेत शुभराम्भ भईसकेको जनाउदै आफ्नु सिप र दक्षताका आधारमा रोजगार पाईने भएकोले अवका दिनमा गाउँपालिकामा रहेको सबै ले आ आफ्नु क्षमताका आधारमा रोजगार पाउने अध्यक्ष काफ्लेले बताईन् ।
कमल गाउँपालिकाका १९ जना युवा सहभागी रहेको तालिमका सहभागीलाई गोपाल राईले प्रशिक्षण दिएका थिए ।
नवोदय वहुउद्येश्यीय सहकारीसस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा कमलगाउँपालिका वडा न ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल , अनुगमन समितीका सदस्य चक्र गुरुङ्ग, सस्थाका उपाध्यक्ष बलराम गजुरेल लगायतले मन्तव्य राखेका थिएभने व्यवस्थापक फणिन्द्र बहादुरकार्किले सन्चालन गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker