आज झापामा साकेला उभौली समापन हुदैं

दमक –किरात राई यायोक्खाले आफ्नो मुख्य चार्डको रुपमा मनाउदै आइरहेको बैशाख पुर्णिमा अर्थात साकेला उभौली–०७६ झापामा आज शनिबार सम्पन्न हुदैछ । जेठ ४ गतेदेखी सुरु भएको साकेला उभौली चाड झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटै स्थानीय तहमा किरात राई यायोक्खाले कार्यक्रम आयोजना गर्दै धुमधामका साथ सम्पन्न गरेको छ ।

साकेला उभौली कार्यक्रमको शिलशिलामा यायोक्खा झापा जिल्ला कार्यसमितिले कमल गाउँपालिकाको सितापुरी (साकेला) चौकमा आज शनिबार एक कार्यक्रमबीच यस बर्षको उभौली सम्पन्न गर्ने भएको छ । यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईका अनुसार साकेला उभौली समापन कार्यक्रमको तयारी अन्चिम चरणमा पुगेको छ । उनले किरात जाति, सभ्यतासंगै मौलिक कला, संस्कृति, भेषभुषासहित साँस्कृतिक आन्दोलनको रुपमा यायोक्खाले स्वदेश तथा बिदेशमा साकेला उभौली मनाउदै आइरहेको बताए । उनले जेठ ४ गते शनिबारदेखी सुरु भएको जेठ २५ गते शनिबारसम्म झापामा साकेला उभौली मनाइरहेको बताए ।

अध्यक्ष राईका अनुसार झापाको सवै स्थानीय तह अर्थात पुरानै संरचनासहितको गाविस र नगरमा यायोक्खा प्रारम्भि कार्यसमितिले आ–आफ्नो साकेला माङखिममा कार्यक्रम आयोजना गरेर चाड मनाएका छन् । झापामा किरात राईहरुसंगै अन्य जाति वा समुदायहरुले पनि अत्यन्तै उत्साहपूर्ण ढंङ्गमा साकेला उभौली मनाउने गरेको अध्यक्ष राईले बताए ।

द्ध। समापन कार्यक्रममा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यता रहने, यायोक्खा झापाका सदस्य सुशन राईले बताए । उनका अनुसार झापाका बिभिन्न प्रारम्भिक कार्यसमितिका ३० वटा टोलीसहित इलाम, मोरङको साकेला टोलीले समेत कार्यक्रममा सहभागिता जनाउने छ ।

त्यसैगरी, प्रत्येक बर्ष साकेला उभौली समापनमा भारत पश्चिम बंगालको बाघडुग्रााबाट साकेला शिलि प्रर्दशन गर्न आइरहको र यसबर्ष पनि सो टोली यायोक्खा झापाद्धारा हुने साकेला उभौलीको समापनमा आउने पक्कापक्की भएको राईले बताए ।

छ । साकेला उभौली समापन कार्यक्रमको अवसर पारेर बिगत बर्षहरुझै यसबर्ष पनि मेला लाग्ने भएको छ । सो मेलामा मनोरञ्जनात्मक रोटे पीङ, सर्कस, बालबच्चाहरुका लागि खेल, तामासाहरु सञ्चालन गरिने भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker