पर्यटकीय स्थल खोज्दै झापाका युवा प्रदेश दौडाहामा

तेह्रथुम । आन्तरिक पर्यटन प्रवर्द्धन तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान गर्न झापाबाट जेठ १५ गते निस्किएको युवाको एउटा टोली प्रदेश १ का विभिन्न जिल्लामा पुगेको छ ।

प्रदेश १ मा पर्यटकीय क्षेत्र खोजमुलक युवा अभियान नाम दिएर सुरु गरिएको सो अभियान जहाँजहाँ पुगेको छ, सबै जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका छन् ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेता पनि पूर्वाधारको विकास भने हुन नसकेको म्याङ्लुङ नगरपालिका प्रमुख संजयकुमार तुम्बाहाफेले बताएका छन्। यद्यपी सो राष्ट्रिय अभियानलाई सफल बनाउन र व्यवस्थित गर्न आफ्नो स्थानीय सरकार सक्रियतापूर्वक लागेको उनको भनाई छ ।

यस्तै आठरार्इ गाउँपालिकाका उपाध्यक्ष रुपा कन्दङ्वाले भौगोलिक हिसाबले काम गर्न समस्या भएपनि सामाजिक र आर्थिक रुपान्तरणको लागि पर्यटन नै पहाडी क्षेत्रको लागि नविनतम आधार हुने बताइन् । उनले झापाली युवाले पर्यटकीय क्षेत्र खोजी अभियान चलाएर आफूलार्इ झक्झक्याएको महसुस भएको पनि बताइन् ।

चालू वर्षमा आफ्नो गाउँपालिकाको विकासका लागि खानेपानी, बिजुली, बाटोलाई मुख्य प्राथमिकता दिएको भए पनि अबको आर्थिक वर्षमा पर्यटनलाई आर्थिक आधारको रुपमा विकास गर्ने उपाध्यक्ष कन्दङवाले प्रतिवद्धता व्यक्त गरिन् ।

झापाका सञ्चारकर्मी सरोज पौडेलको संयोजकत्वमा भइरहेको अभियानमा २१ युवा सहभागी छन् । गणतन्त्र दिवसको दिन नेपालको सबैभन्दा होचो स्थान झापाको कचनकवलबाट अभियानको सुरु गरिएको हो । अभियानमा आवद्ध युवाले झापा इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, सिराहा, खोटाङ लगायत जिल्लाको भ्रमण गरेको संयोजक पौडेलले जानकारी दिएका छन् ।

प्रदेश १ अन्तरगत १४ जिल्लाका संभावित पर्यटकीय क्षेत्रहरुको खोज र नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० सफल पारौं भन्ने अभियानलाई सार्थक बनाउन अभियान चलाइएको अभियन्ता राज बस्नेतले बताए।

राष्ट्रिय झण्डा लिएर हिडेका उनीहरुले एसियाको लामो ह्यतुङ झरना, पाथीभरा मन्दिर, गुफा पोखरी, कृषि अनुसन्धान केन्द्र लगायका क्षेत्रमा पुगेर स्थानीय सरकारको समन्वयमा अवलोकन गरिरहेका छन्।

प्रदेश १ का सबै जिल्लाहरुमा रहेका संभावित पर्यटकीय क्षेत्रहरुको अवलोकन पश्चात सबैलाई समेटेर डकुमेन्ट्रीमार्फत स्थानीय सरकारलाई पर्यटनको माध्यमबाट समृद्धिको रेखा कोर्न सुझावसहित अन्तरक्रिया गरिएको अभियान सदस्य हैकम घिसिङले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker