रसायनिक मल हटाउदै, जैविक मल प्रयोग गर्दैः मानसरोवरले दमकमा अर्ग्यानिक उत्पादन र बजारीकरण गर्दै

दमक–झापाको दमक–३ आमचौकमा सञ्चाालित मानसरोवर कृषि सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रको विकास र प्रवर्दनमा काम गर्न १० बर्षे गुरु योजना अघि बडाएको छ ।

सोमबार, दमकस्थित पत्रकार मञ्चको कार्यालयमा पत्रकार भेटघाट गरेर सहकारी संस्थाले आफ्ना भावि रणनिति तथा तत्काल गर्दै आएका कामहरुको बारेमा जानकारी गराएको छ । मानव स्वास्थ्य र वातावरणलाई बचाई राख्न अग्र्यानिक अभियान सञ्चालन गर्नुपर्छ भन्ने उश्द्धेयले दमकमा पत्रकार माझ जानकारी गराएको हो ।

सहकारीले इलामको श्री अन्तु मा भएको ३ दिने भेलाले १० बर्षे गुरुयोजना बनाई अगाडी बढाएको सहकारीका अध्यक्ष विश्वनाथ बरालले बताए । जसमा इलामका चुलाचुली, माङ्सेबुङ्ग, फाकफोकथुम र पाँचथरको मिक्लाजुङ्गसम्मका गाउँस्तरीय अग्र्यनिक चेतना जागरण कार्यक्रम गरेको थियो ।

यस्तै, गाउँपालिका स्तरीय संयन्त्र समेत बनाइएको छ । सहकारीले दमकदेखि मिक्लाजुङ्ग सम्मका कृषि सहकारी संस्थाहरुसँग समन्वय गरी अग्र्यानिक चेतना , अग्र्यानिक उत्पादन, अग्र्यानिक बजारीकरण जस्ता कुराहरुलाई अगाडी बढाएको छ । सहकारी संस्थाले अग्र्यानिक कृषि पाठशालाको स्थापना ,प्लाष्टिको टनेल निर्माण, कुरिलो खेतीका साथै अन्य सागसब्जी खेती गर्दै आएको छ ।

सहकारीले घासे बिऊ, बाख्रापालन, दमक नगरपालिकासहित चार गाउँपालिका सँग हातेमालो, कृषकहरुलाई आवश्यक पर्ने मल ,अग्र्यानिक बिऊ, अग्र्यानिक बिषादी, अग्र्यानिक भिटामिन आदी वितरण गर्दै आएको छ । सहकारीले माटो परिक्षण गरी दमक नगरपालिकाको अनुदानमा कृषि चुन वितरण गरेको छ ।

दमक नगरपालिकाको अनुदानबाट प्राप्त उन्नत जातका बंगुरका बिऊ पाठा कृषकहरुलाई वितरण गरिएको छ । यस्तै, १७ वटा सहकारीहरुको लगानीमा जैविक मल उद्यमेगको स्थापना गरि किशानहरुलाई वितरण गरिएको छ ।

सहकारी संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले मानसरोवर कृषि सहकारी संस्थाले आगामी दिनमा नयाँ योजना ल्याउने तयारी गरेको छ ।

भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १, दमक नगरपालिका र प्राङ्गारिक कृषि सहकारी संजाल झापा, इलाम, पाँचथरसँगको संयुतm पहलमा दमक बजारभित्र आधुनिक अग्र्यानिक कृषिबजार र कृषि संङ्कलन केन्द्र निर्माणका लागी ८,७५,१४,०००÷ लागत बराबरको डिपिआर तयार पारी भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पेश गरिएको सहकारीका अध्यक्ष बरालले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker