कानेपोखरी गाउँपालिकामा अध्यक्ष कप हुने

सन्तोस राई पथरी–मोरङको कानेपोखरी गाउँपालिकामा दोस्रो अध्यक्ष कप तथा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजनिक गरेको हो ।

No posts found.

खेल विकास समिति कानेपोखरीले आयोजना गर्ने सो प्रतियोगितामा मितेरी युवा क्लवले संयोजन गर्नेछ । जेठ २५ गतेदेखि हुने प्रतियोगितामा वडास्तरीय फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, म्याराथुन दौड, बुद्धिचाल तथा मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना हुनेछन् ।

जसमध्ये अधिकांश खेलमा गाउँपालिकामा रहेका ७ वटै वडाले सहभागिता जनाउँनेछन् । फुटवल प्रतियोगीता वडा नं ७ को आइतवारे मैदानमा हुनेछ भने भलिवल खेल वडा नं ६ को जनसेवा माविको खेल मैदानमा हुनेछ ।

यस्तै, केही खेलको थप तयारी भैरहेको आयोजकले बताएको छ । फुटवलतर्फका विजेताले ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।

यस्तै, भलिवलतर्फ विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार का साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको खेलकुद समितिका संयोजक भूपाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा करिव १५ लाख खर्च हुनेछ भने अध्यक्ष कप अन्तर्गतको फुटवल र भलिवलमा छुटै ४ लाख बेजेट छुट्याइएको छ । सो पत्रकार सम्मेलनमा कानेपोखरी ५ को बि एण्ड बि कन्ट्रक्सनले प्रतियोगितामा सहभागीता जनाउने खेलाडीको लागि जर्सी हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker