थाइराइड के कारणले हुन्छ…

विश्व थाइराइड दिवस शनिबार विविध कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष मे २५ का दिन यो दिवस मनाउने गरिएको छ ।
पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् ।

नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै हुनु रहेको डाक्टर अशुंमाली जोशीले बताए । शरीरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।

के हो त थाइराइड रोग ?
मानव शरीरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।

थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ ।

यी हर्मोनहरुको शरिरको बृद्धि विकासमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

साझामन्च डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker