अभिभावकको चरम लापरवाहीः समयमै उपचार र स्यारसुसार नहुदा १३ बर्षिय सन्दिल लावोती घरको कोठामा थुनिएर ओच्छ्यानसंगै कष्टकर जीवन व्यथित गर्दै

अनिलदेब राई झिलझिले

No posts found.

घट्नाक्रम सुन्दै पनि तपाई हाम्रो आङ जिरिङ् हुन्छ । कुनै चलचित्रको बियोग कथाले छोए जस्तै तपाईको मन वा हद्धय चटक्क दुखाउँछ र बेस्सरी रुनु पर्ने हुन्छ । घट्नाका कथाहरु सुन्दै जादाँ केही आक्रोस अनि घृणा, दया, माया, साथ, सहयोग र साहानुभुति पलाउँछ । पत्याउनै मुस्किल छ–घटना । सानो तर, घट्नाको बास्तविकता सत्य हो । घट्नाका क्रमहरु सुन्दै जादा मन अमिलो र तीतो बन्दै जान्छ ।

यो घट्ना हो, शिबसताक्षी–८ झिलझिले नजिकैको गुरास चौकस्थित लावोती परिवारमा । २०६३ साल असार २९ गते आमा संगीताको कोखबाट र बुबा दिलबहादुर लावोतीको जेठो पुत्र रत्नको रुपमा जन्मेका हुन्–सन्दिल लावोती । उनी जन्मेको नौ महिनामा एउटा घट्ना घट्यो । जुन घट्नाले आजसम्म उनी हिड्न, डुल्न, खेल्न, पढ्न र बाहिर संसारसमेत हेर्न पाएनन् ।

१३ बर्षिय सन्दिल लावोती आज काका पुर्णबहादुर लावोतीको घरको कोठामा कष्टकर जीवन बिताइरहेका छन् । उनी जन्मेको नौ महिना भएको थियो । सन्दिल कोक्रोमा थियो । उनलाई आमा अनि बुबाले सुताउदै थियो–कोक्रोमा । उनलाई सुताउने क्रममा कोक्रो हल्लाउदैं गर्दा कोठासंगै रहेको टीभि बक्समा ठोकिन्छ । कोक्रोले ठोकिएको टीभि हल्लिएर भुईमा झर्छ र ठूलो आवाजसहित फुट्छ । यहि, आवाजले सन्दिलको निद्रा भङ्ग हुन्छ । निन्द्रा भङ्ग भएसंगै उनी बेस्सरी चिच्याए । कराउँछन र रुन्छन् । र, केही समय पश्चात उनलाई बेहोस अवस्थामा धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानसम्म उपचार गराए ।

तर, सन्दिलको बुवा–आमाको आर्थिक अभाव र केही लापारवाहीको कारण उनको उपचार थप अघि बढ्न सकेन । र, अहिले यो हालत भयो । उनको शरिर चल्दैंन अनि दुबै हात छ र दुबै खुट्टा छ तर चल्दैनन् । कलिलो ज्यान ओच्छ्यानमा मात्रै सिमित छ ।

उनलाई खाना, पानि लगायत खुवाउन मान्छेकै जरुरत पर्छ । त्यस्तै, दिसा–पिसाव गराउन पनि पुरै साथ दिनु पर्छ । अरुले बोलेका कुराहरु सुन्छन् । मुस्कुराउँछन् । उनी, बोल्न सक्दैन तर शब्दविह्रिन आवाजहरु निकाल्ने–कराउने गर्छन् । र, भोक, तिर्खा लाग्दा वा दिसा–पिसाव गरेसकेपछि रुने–कराउने गर्छन् । हेर्दा लाग्छ, पशुलाई जस्तै अध्यारो कोठामा लडाईराखेको पशु जस्तै लडिरहेको छ । उनले बोल्न सक्दैन, भोग लाग्यो भन्न सक्दैन । जति बेला दिन्छन्, त्यतिवेला मात्रै खान्छन् ।

जस्ता पातासहितको भुई घर, यहि घरको एउटा कोठाभीत्र उनको विहान, दिउसो, साँझ अनि रात पर्दछ । घरमा उनलाई साथ दिने छन् ६६ बर्षिया बोजु अम्बिका लावोती । बोजु घरमा हुदाँ उनको स्याहार–सुसार हुन्छ तर कहिलेकाही काम बिशेषले खेतबारीमा जादाँ होस या गाउँघरमा पुग्दा उनीसंग बोल्ने कोही हुदैन् । उनको समस्या सुनिदिने, बुझिदिने र बनाएर खान दिने बोजु बाहेक काका पुर्ण बहादुर छन् । अनि, काकी छन् । काका गाउँमा ज्यालादारी काम गर्छन् । उनकै कमाईले ५ जनाको परिवारलाई जीविका पार्जन भइरहेको छ । यहि छ, उनको हालत ।

सन्दिलका काका पुर्ण बहादुरले समयमा नै राम्रो उपचार हुन नसकेकोले भतिज सन्दिलको यस्तो हालत भएको स्वीकाछन् । उनले सन्दिलका बुबा र आमाको लापारवाहीले भतिजको भविश्य अन्धकार बनेको बताए । सन्दिलका काका पुर्णबहादुरका अनुसार यस्तो अवस्थामा सन्दिलका बुबा–आमा आफ्नो बिरामी छोरा हेर्नसम्म आएका छैनन् । उनीहरुलाई आफ्नो सन्तान धेरै बोझ भएझै गर्यो, पुर्णबहादुरले भने–बृद्ध आमाकै कारण अहिलेसम्म सन्दिलको स्यारसुसार भइरहेको छ । अव, यहि अवस्था कहिलेसम्म चल्छ । आमा भइञ्जेल त होला तर म आफ्नो परिवारको लागि भएपनि काम गर्नुपर्ने भएकोले आगामी समयमा सन्दिलको जीवन यापनमा समस्या उत्पन्न हुने देख्दैछु, पुर्णबहादुरले भने ।

सन्दिलका बुबा र आमा इटहरीमा बसोबास गर्छन् । झिलझिलेबाट सन्दिलसहित एक बहिनी र बुबा–आमा बसाई सराईको क्रममा इटहरी पुगेका थिए । तर, इटहरीमा सन्दिलको अवस्था अझै धेरै कमजोर बन्दै गयो । उनको स्याहार सुसार पुगेन । आमा बुबाको लापारवाहीले सन्दिलको शरिरभरी फोहोरसंगै घाउँ आउने । हात खुट्टा नचल्ने हुदै गयो । शरिर कमजोर हुदै गयो । क्रमशः शरिर सक्दै सक्दै गयो ।

यस्तो अवस्थामा सन्दिलका बोजु अम्बिकाले नातीलाई इटहरीबाट झिलझिलेस्थित कान्छा छोरा पुर्णबहादुरको घरमा ल्याए । सन्दिलको स्यारसुसार अहिले बृद्ध बोजुले गरिरहेका छन् । अम्बिकाका अनुसार अहिलेपनि राम्रो स्थानमा राम्रो डाक्टरको उपचार पाए आफ्नो नातीको स्वास्थ्यमा सुधार आउनेमा आशावादी छन् ।

यसैबीच, सन्दिलको अवस्था बुझ्न हाम्रोसरोकार अनलाईन मिडिया ग्रुपका संरक्षक अशिम राई, अध्यक्ष दिपक कुमार (विकेन) मेन्याङ्बो, प्रवन्धक निर्देशक सुमन कुमार राईको टोली झिलझिलेस्थित गुरास चौकमा पुगेको थियो । सन्दिलको उपचार, दैनिक स्यारसुसार र खानपानको व्यवस्थापनमा जुट्ने लावोती परिवारसंग आवश्यक छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker