प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो चरणमा अदक्ष श्रमिक लाई रोजगारी

कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो चरणमा अदक्ष श्रमिक लाई रोजगारी प्रदान गरिने छ ।
दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनसक्ति लाई रोजगार दिईने कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।
झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन दिएका छन् । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जना लाई कम्तिमा ३० दिन रोजगारी दिने तिवारीले बताए ।
पहिलो चरणमा छनौट भएका कामदार लाई सडक निर्माण, स्वस्थ्य शिक्षा,कृषि तथा सिचाई, कुलो पैनि, फलफुल बगैचा तथा वन तथा जलाधार जस्ता क्षेत्र काम लगाईन्छ । निर्देशिकामा उल्लेख भए अनुसार कामका लागी पारिश्रमिक निर्धारण भए अनुसार अदक्ष कामदारले दैनिक ५सय १७ रुपैया पारिश्रमिक बापत भुक्तानी दिईने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल गाउँपालिका का ७ वटा वडा मध्ये सबै भन्दा धेरै वडा नम्वर २ बाट तिनसय र सबै भन्दा कम वडा नम्बर ५ बाट ७४ जना गरी जम्मा एक हजार २ सय ७० जानको निवेदन दर्ता भएको कमल गाउँपालिकाले जनाएको छ ।।
कमल गाउँपालिकामा कामका लागी पारिश्रमिक भनेर आएको २२ लाख रुपैया मध्ये ७० प्रतिशत रकम अनिवार्य रुपमा श्रमिकको पारिश्रमिक वापत खर्चगर्नु पर्ने संयोजक तिवारीले जानकारी दिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker