गौतम श्रीमती पुरस्कृत

मनकुमार गदाल

No posts found.

दमक । गौतम कुलवंश प्रतिष्ठान दमकले यस वर्षको भवानी –पद्म पुरस्कार महाकाली अञ्चलमा शहिद भएका गोविन्द गौतमको श्रीमती लक्ष्मी गौतम लाई प्रदान गरेको छ ।
दमक १० स्थित नलवाडीमा प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी शहिद गोविन्द्रको श्रीमतीलक्ष्मी सहित परिवारलाई सो पुरस्कार वितरण गरेको हो । उहाँलाई प्रतिष्ठानका संरक्षक , पुर्वी नेपालका पट्याँस पत्रकार भवानी प्रसादगौतमले नगद १० हजार रुपैयाँ सहित दोसल्लाओढाएरर पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा सहिदगोविन्दकाबुवा खेमलाल र कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकाका सामाजिक अगुवा विरेन्द्र अधिकारीलाई समेत प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमले सम्मान गर्नु भएको थियो । शहिद गोविन्दले ०७३ फागुन २६ गते पुर्नवास नगरपालिकाको आनन्दबजार आवतजावत कालागि आफनो भूमिमा कल्र्भट बनाउन खोज्दा भारतीय सुरक्षावल एसएसवीको हस्ताक्षेप विरुद्ध संघर्ष गर्दै राष्ट्रियता स्वतन्त्रता र सार्वभौमताको पक्षमावहादुरी पूर्वक जीवन वलिदान गरेका थिए ।।
प्रतिष्ठानको पुरस्कार कोषका प्रमुख संस्थापक तथा पत्रकार तोया गौतमले शहिद गोविन्द्रको चिनारी पुरस्कृत गर्नु पर्ने आवश्यकताको बिषयमा जानकारी दिएका थिए ।
कार्यक्रमम ाबोल्दै कार्यक्रमका प्रमुखअतिथि पुर्वी नेपालका पट्याँस पत्रकार भवानी प्रसाद गौतमले राष्ट्र र राष्ट्रियता रहे मात्रब्यक्ति रहने हुदा सबै मिलेर राष्ट्रियताको संरक्षण गर्न पर्ने बताए ।
प्रतिष्ठानको अध्यक्ष शान्तिरामको अध्यक्षतामा भएको कार्यक्रममा पुर्नवास नगरपालिकाको सामाजिक अगुवा विरेन्द्रले सुदुर पश्चिम प्रदेश सरकारको ८ लाख रुपैयाँ र पुर्नवास नगरपालिकोको ५ लाख रुपैयाँको लगानीमा आनन्दबजार छेउमा शहिद गोविन्दगौतमको पूर्णकदको शालिक र शहिद पार्क निर्माणको कामभइरहेको जानकारी दिए । सोही अवसरमा गौतम बन्धुहरु भेलाभएर कुलपुजा समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker