सम्बन्धन नपाउँदा झापाको एकमात्र इन्जिनियरिङ कलेज सञ्चालनमा आउन सकेन

बिर्तामोडविश्वविद्यालयले‌ सम्बन्धन नदिँदा सात वर्षअघि निर्माण सम्पन्न भएको‌ इञ्जिनियरि‌ङ कले‌ज अझै‌ सञ्चालनमा आउन सके‌को‌ छै‌न । झापाको‌ बिर्तामो‌डमा १ बिगाह ७ कठ्ठा क्षे‌त्रफलमा निर्माण भएको‌ पाथीभर‌ा से‌न्टर‌ फर‌ एड्भान्स स्टडिज प्रालि (पिकास) सम्बन्धन नपाएकै‌ कार‌ण सञ्चालनमा आउन नसके‌को‌ हो‌ ।

शै‌क्षिक सत्र २०६९÷०७० दे‌खि पठनपाठन सुरु गनेर्‌ लक्ष्यले‌ पूर्वाधार‌ निर्माण भए पनि सम्बन्धन नपाउँदा सञ्चालन गर्न कठिनाई भएको‌ पिकासका संस्थापक अध्यक्ष युवर‌ाज प्रसाईंले‌ बताए । सिभिल, कम्प्युटर‌ र‌ इले‌क्ट्रो‌निक इञ्जिनियरि‌ङको‌ अध्ययन–अध्यापन गर‌ाउने‌ लक्ष्यका साथ कले‌ज स्थापना गरि‌एको‌ उनले‌ बताए ।

‘हामीले‌ ०६९ भदौ‌दे‌खि भर्ना लिएर‌ मंसिर‌बाट कक्षा सञ्चालन गनेर्‌ गर‌ी द्रुतगतिमा भौ‌तिक पूर्वाधार‌ निर्माण गर्यौ‌ँ’, उनले‌ भने‌, ‘विश्वविद्यालयको‌ आन्तरि‌क समस्याका कार‌ण सम्बन्धन दिने‌ काम बन्द हुँदा हामी मार‌मा पर‌े‌का छौ‌ँ ।’ शिक्षा मन्त्रालयमा कले‌जको‌ नवीकर‌णका लागि वार्षिक ६ लाख रुपै‌याँका दर‌ले‌ हालसम्म ४२ लाख रुपै‌याँ र‌ाजश्व बुझाइसके‌को‌ उनले‌ बताए । कले‌ज सञ्चालनका लागि इञ्जिनियरि‌ङ काउन्सिलबाट अनुमति समे‌त लिइ सकिएको‌ प्रसाईको‌ भनाइ छ ।

काउन्सिलले‌ पूर्वाधार‌ मापदण्ड अध्ययन गर‌ी १ सय २० जना विद्यार्थी अध्यापनको‌ अनुमति दिएको‌ र‌ सो‌वापत ४२ हजार‌ रुपै‌याँ र‌ाजश्व समे‌त काउन्सिलमा बुझाएको‌ प्रसाईंले‌ बताए । २०६९ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परि‌षदमा ओ‌भर‌सियर‌ अध्यापनको‌ लागि फार‌म भर‌े‌को‌ र‌ ३ लाख रुपै‌याँ र‌ाजश्व बुझाएको‌ उनको‌ भनाइ छ । पूर्वाञ्चल विश्व विद्यालयले‌ सम्भाव्यता अध्ययनको‌ लागि २ लाख पचास हजार‌ रुपै‌याँ शुल्क बुझे‌को‌ भए पनि विश्वविद्यालयका उच्च पदस्थ अधिकार‌ीहरुलाई अख्तियार‌ले‌ मुद्दा दायर‌ गर‌े‌का कार‌ण सम्बन्धन दिने‌ कार्य बन्द भएको‌ प्रसाईं बताउँछन् ।

कक्षा १२ पास गर‌े‌का विद्यार्थीलाई गुणस्तर‌ीय शिक्षा प्रदान गनेर्‌ उद्दे‌श्यले‌ कले‌ज स्थापना गरि‌एको‌ प्रसाईंले‌ बताए । एउटा शै‌क्षिक सत्रमा प्रत्ये‌क समूहमा ४८ जनाको‌ सिट र‌हने‌ गर‌ी शिक्षा मन्त्रालयले‌ उपलब्ध गर‌ाएको‌ २१ बुँदे‌ मापदण्डको‌ अधिनमा र‌हे‌र‌ भौ‌तिक पूर्वाधार‌ तयार‌ गरि‌एको‌ उनको‌ भनाइ छ ।

‘शै‌क्षिक क्षे‌त्रमा विदे‌सिएको‌ पै‌सा र‌ो‌क्न र‌ विद्यार्थीलाई सहजरुपमा पठनपाठन गर‌ाउन कले‌ज सञ्चालन गर्न लागे‌का हौ‌ँ’, उनले‌ भने‌, ‘आन्तरि‌क समस्याले‌ विश्वविद्यालयले‌ सम्बन्धन र‌ो‌क्दा हाम्रो‌ लगानी बालुवामा पानी सर‌ह भएको‌ छ ।’ कले‌ज सञ्चालनमा ढिलाई हुँदा भौ‌तिक संर‌चना बिग्रन थाले‌को‌ उनले‌ बताए । कले‌जको‌ प्रयो‌गशाला, पुस्तकालय लगायतमा र‌े‌हे‌का कम्प्युटर‌, फर्निचर‌ लगायतका उपकर‌ण तथा शै‌क्षिक सामग्री बिग्रन थाले‌को‌ प्रसाईंको‌ भनाइ छ ।

विश्वविद्यालयले‌ सम्बन्धन नदिएसम्म सञ्चालन गर्न नमिल्ने‌ प्रस्ट्याउँदै‌ उनले‌ भने‌, ‘कर‌ो‌डौ‌ँको‌ लगानीमा मे‌ची अञ्चलमा पहिलो‌ पटक इञ्जिनियरि‌ङ कले‌ज सञ्चालन गनेर्‌ हाम्रो‌ यो‌जना अलपत्र बन्यो‌ ।’ कले‌ज सञ्चालनमा आए झापा, इलाम, पाँचथर‌, ताप्ले‌जुङ लगायतका क्षे‌त्रका विद्यार्थीले‌ सहजरुपमा पठनपाठन गर्न पाउने‌ उनी बताउँछन् ।

भौ‌तिक पूर्वाधार‌ निर्माण र‌ र‌ाजश्वमा कर‌ो‌डौ‌ँको‌ लगानी भइसक्दा समे‌त र‌ाज्यले‌ कुनै‌ ठो‌स् कदम चाल्न नसक्नु दुभाग्य र‌हे‌को‌ प्रसाईंको‌ गुनासो‌ छ ।

वित्तीय संस्थाबाट लिएको‌ ऋणको‌ व्याज र‌ भौ‌तिक सम्पत्तिमा हुने‌ ह्रास कट्टि तथा नो‌क्सानीका कार‌ण कर‌ो‌डौ‌ँको‌ क्षति आफूले‌ भो‌ग्नु परि‌र‌हे‌को‌ प्रसाईंले‌ प्रष्ट्याए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker