किरातहरुको उभौली चाड आजदेखि सुरु

दमक–किरात राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली आजदेखि सुरु भएको छ । राई, लिम्बू, याक्खा र सुनुवारहरुले प्रमुख रुपमा उभौली मनाउँछन् ।

No posts found.

उनीहरुले आफूलाई किरात समुदायको रुपमा चिनाउँछन् । किरातहरुले एकै समय उभौली मनाए पनि फरक–फरक शैलीले मनाउँछन् ।

किरातहरुले प्रकृति र पुर्खाको पुजा गर्दै यो चाड मनाउँछन् । उनीहरुले बाली लगाउनुअघि बाली सप्रियोस्, परिवारमा दुख्विमार नहोस् भन्ने कामना गर्दै उभौली मनाउछन् । बाली उठाएपछि उक्त बालीको परिकार सबभन्दा पहिले पितृलाई चढाएर आफूले प्रयोग गर्दै उधौली मनाउँछन् । हरेक वैशाख पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली मनाइन्छ ।

काठमाडौं उपत्यका बसोबास गर्ने किरात राई र सुनुवारहरुले आज ललितपुरको नक्खीपोटमा भेला भएर साकेला सिली नाच्छन् ।

नक्खीपोटको सांस्कृतिक कार्यक्रमअघि ललितपुरको हातिवनमा चार किरातकै पुजारीहरुले पुजाआजा गरी उभौलीको सुरुवात गर्दछन् ।

उभौलीलाई खासगरी राई र सुनुवारहरुले भब्यताका साथ मनाउँछन् । देशभरका किरातहरुले यो चाड करिब एक महिनासम्म मनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker