पर्यटकीयस्थल दोमुखाको नेतृत्वमा लावोती र कार्कीको भिडन्त हुदैं

अनिलदेब राई –पूर्वको पर्यटकीयस्थल रुपमा अत्यन्तै लोकप्रिय रहेको झापाको दोमुखामा सरोकारवालाहरुको चासो बढ्दै गर्दा राजनिति रङ्गले समेत रङ्ग्याउँदै छ । ‘सहकार्य, सहमति र एकताले मात्र विकास सम्भव छ’ भन्ने चरितार्थलाई शिबसताक्षी–१० माईधार उत्तरतर्फमा अवस्थित दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थामा भने यी सवै नाराहरु केवल शब्दमा मात्र सिमित भएको छ ।

संस्थाको नयाँ नेतृत्व छनौट हुन नसकेपछि, अन्ततः निर्वाचन मार्फत संस्थाको नेतृत्व छनौट हुने भएको छ । तीन बर्षसम्म कार्याकाल रहने संस्थाको नेतृत्व अन्तरगत १५ पदहरुमा १८ जनाले चुनावी प्रतिस्पधी गर्ने भएका छन् । त्यस्तैं, कोषाध्यक्ष, सहसचिव र महिला सदस्यमा तीन जनासहित ५ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

पछिल्लो समय स्थानीय सरकार नगरपालिका, प्रदेश १ र संघीय सरकारको समेत ठूलो बजेट बिनियोजन भएसंगै दोमुखाको नेतृत्वमा होडबाजी देखिएको स्थानीय एबम् बुद्धिजिवीहरु बताउँछन् । शिबसताक्षी नगरपालिकाले मात्रै गतवर्ष र यसबर्ष रु एक करोड बढी बजेट छुट्याइसेको छ भने प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगर र झापा क्षेत्र नं ४ बाट संघीय सांसद एलपी सावाको पहलमा करोड बढी बजेट छुट्टिएको छ । यहि, बजेटको आर्कषणले दोमुखा धार्मीक तथा पर्यटकीय संस्थामा नेतृत्वको होडबाजी भएको हो ।

दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाको पाँचौं अधिवेशन तथा आठौं साधारणसभा जेठ ४ गते शनिबार दोमुखामा हुने भएको छ । निर्वाचन समितिका संयोजक सोमध्वोज कार्की र सदस्यहरुमा दुई जना छन् । संयोजक कार्कीका अनुसार एक जना रहने अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वार दिनेहरुमा धनप्रसाद लावोती र अमृत बहादुर कार्की छन् । लावोती दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाका निर्वतमान अध्यक्ष हुन् भने कार्की माइधारस्थित गैडे सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष हुन् ।

त्यस्तैं, संस्थाका १ जना प्रथम उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वार दिएका छन् । उम्मेद्वार दिनेहरुमा गुमानसिंह खुलाल, अरुण नेपाल र भक्तबहादुर फेउवादेन हुन् । १ जना उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वार दिनेहरुमा चुडामणी तिम्सिना, दुर्वेसा कार्की र देबेन्द्र संग्रौला हुन् । १ जना सचिव पदमा तीन जनाको उम्मेद्वार परेका छ । उम्मेद्वारहरुमा धनकुमार ढकाल, ओमनाथ योङहाङ र नरबहादुर थपलिया छन् ।

यता, संस्थाको पाँच सदस्य पदमा सात जनाको उम्मेद्वार रहेको छ । यसरी उम्मेद्वार दिनेहरुमा कृष्णचन्द्र सेलिङ .(सेलिङ केसी), तुलशी सिटौला, हरेराम शाह, हरिप्रसाद सिटौला, फणिन्द्र राई, पिताम्बर वराल र प्रेमध्वोज जवगु छन् । सेलिङ केसी पत्रकारितामा सक्रिय छन भने शाह र सिटौला निर्वतमान संस्थाका सदस्य हुन् । दुबै दोमुखामा पर्यटन क्षेत्रसंग होटल व्यवसायमा छन् ।

यसअघि, कोषाध्यक्ष, सहसचिव र तीन जना महिला सदस्यहरु सहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । संस्थामा ४ जना महिला सदस्य रहने व्यवस्था छ । खुल्लातर्फ पुरुष सदस्यमा ५ जना रहने संस्थाका बिधान छ ।

कुल ३ सय ३९ जना मतदाताहरुले मतदान गर्ने छन् । शनिबार, बिहान ८ बजेदेखी दिउसो २ बजेसम्म मतदान गर्ने समयको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker