उद्योग वाणिज्यका नवनिर्वाचि सदस्यको शपथ तथा पदस्थापन

झापा उद्योग वाणिज्य संघ शाखा कमल गाउँपालिकाका नवनिर्वाचित कार्यसमिती को शपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संघको गत वैशाख १५ गते सम्पन्न १२ औं वार्षिक साधारणसभा बाट आगामी ३ वर्षे कार्यकालका लागी निर्वाचित कार्यसमिती लाई निर्वाचन समितीका संयोजक शरण कुमार परापुलीले पद तथा गोपनियताको शपथ खुवाएका थिए भने प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले निर्वातिच समिती लाई प्रमाण पत्र वितरण गरेकि थिईन् ।
साधारणसभा बाट आगामी ३ वर्षे कार्यकालका लागी अध्यक्षमा उमानाथ भण्डारी लगायत सम्पुर्ण टिम निर्विरोध निर्वाचित भएका थिए
त्यसैगरी संघको वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ उद्योग उपाध्यक्षमा युवराज पाठक सचिव विरेन्द्र अधिकारी वाणिज्य उपसचिव कृष्ण ओझा, उद्योग उपसचिव सेलिना राई कोषाध्यक्ष भगिरथ रिजाल समेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिती संयोजक शरणकुमार पराजुलीले जानकारी दिए ।
त्यसैगरी सदस्यमा रामप्रसाद दाहाल,यदुपति मल्लिक,भुवन चम्लागाई,मुक्तिनाथ काफ्ले,शेखर निरौला, देविमाया नेपाल र विन्दुराई समेत सर्बसम्मत निर्वाचित भएको पराजुलीले बताए ।
सपथ ग्रहण तथा पदस्थापन पछि नव निर्वाचित अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा बसेको संधको पहिलो वैठकले साधारणसभा सम्पन्न गराउन सहयोग पुर्याउने निर्वाचन समिती , विभिन्न उपसमिती ,कमल गाउँपालिका तथा सम्पुर्ण व्यावसायी लाई बधाई दिनुका साथै विभिन्न निर्णय गरेको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker