चुलाचुलीमा बीटीएस टावरको उद्घाटन, स्थानियवासी उत्साहित ।

चुलाचुली । इलामको चुलचुली गाउँपालिका वडा न. ४ मा नेपाल टेलिकमले निर्माण गरेको बीटीएस टावरको विहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बीटीएस टावरको उद्घाटन गर्दै लामो समयको अथक प्रयास पछि यस स्थानमा टेलिफोनको टावर स्थापना गर्न सफल भएको बताउनुभयो ।

No posts found.

एनटीसीको नेटवर्क नआउने समस्याबाट स्थानीय वासिन्दा पीडित भइरहेको अवस्थामा टेलिकमले टावर स्थापना गरेपछि यहाँको जनजीवन सहज भएको अध्यक्ष राईले बताउनु भयो ।

वडा नं. ४ का वडाध्यक्ष कालिदास भट्टराईले टावर राख्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफूले निर्वाचनताका गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न आफूले कुनै कसर बाँकी नराखेको बताउनुभयो । सो टावर उद्घाटन समारोहमा नेपाल टेलिकम दमकका सहायक प्राविधिक अधिकृत शिवकुमार राईले टावर स्थापना भएपछि तीन किलोमिटर आसपासका क्षेत्रमा सेवा सहज हुने बताउनुभयो । टावर निर्माणमा १ करोडभन्दा बढी लागत लागेको राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker