कर्मचारी नहुँदा आयोग काम विहिन

विनोद सापकोटा

झापा, वैसाख १८ । सरकारले जग्गा दर्ता सम्वन्धि गठन गरेको आयोगलाई कर्मचारी नपठाउदा झापामा गठित आयोगले चार महिना देखि काम पाएको छैन ।
नेपाल सरकारको मन्त्री स्तरिय वैठकबाट गएको पौस २६ गते झापाको साविकका सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी, लखनपुर र माहारानिझोडामा भुमि व्यवस्थापन सम्वन्धि आयोग गठन गरेको थियो । सरकार आफैले गठन गरेको यो आयोगलाई कर्मचारी सरकारले नै नपठाउदा समस्या उत्पन्न हुन थालेको आयोगका अध्यक्ष राधाकृष्ण खनालले वताए ।
आयोग गठन भएपछि सेवा क्षेत्रका स्थानियलाई पायक पर्ने गरि झापाको झिलझिलेमा कार्यलय स्थापना भईसकेको छ । तर, कर्मचारी नहुदाँ आयोगको कार्यलयको ढोका खोल्ने र वन्द गर्ने वाहेक केहि काम हुन सकेको छैन । सो आयोगमा २३ जना कर्मचारीलाई सरकारले काजमा खटाउने व्यवस्था गरेको छ । तर, वुधबार सम्म एक जना कार्यलय सहयोगी हाजिर हुन थालेका छन । अन्य कर्मचारीको वारेमा अत्तोपत्तो नभएको आयोगका अध्यक्ष खनालले वताए ।
हामीले प्रधानमन्त्रिको कार्यलय, सामान्य प्रसासन मन्त्रालय, प्रदेश १ स्थीत मुख्य मन्त्रीको कार्यलयमा पटक पटक तागेता गर्दापनि कर्मचारीको व्यवस्थापन हुन नसकेको आयोगकै अर्का सदस्य मदन अधिकारीले वताए । उनले भने, ‘कर्मचारीकै कारण आयोगले काम पाएको छैन ।’ ‘दिनहु सर्वसाधरणवाट गुनासो आउन थालेको छ । हामीले पनि जनताको गुनासो सरकारको उपल्लो निकाय सम्म पुर्याएका छौ । आसा छ अव केहि दिनमै कर्मचारीको व्यवस्थापन होला, उनले भने ।
सो आयोगले मालपोत ऐन २०३४ को चौथो संसोधन अन्तर्गत २०४९ साल पुस ८ गते भन्दा अगाडी देखि जोतभोग गरेको भए किसानलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्रदान गर्ने सो आयोगले जनाएको छ । यस अघिका आयोगले दिएका अन्य काजजि प्रमाण, मालपोत कार्यलय संग भएका प्रमाणका आधारमा किसानले जग्गाधनी प्रमाण पुर्जा पाउने आयोगले जनाएको छ । यस्तै स्थानिय सरकारले दिएका सिफारिस पनि आयोगले प्रदान गर्ने लालपुर्जाका लागि प्रमाण हुने आयोगले जनाएको छ ।
साविकका सतासीधाम, धरमपुर, शिवगञ्ज र लखनपुरमा कर्मचारी नभएकै कारण आयोगले जग्गा सम्वन्धि नाप जाँच गर्न सकेको छैन भने माहारानि झोडामा विषेश नापि टोलिले ऐलानी प्रति जग्गाको नाप चाँज कार्य सम्पन्न गरेको छ । साविकका माहारानिझोडा हालको गौरादह ४ र ५ नम्बर वडामा नक्सा र कित्ता नम्बरमा समस्या रहेकोले यस अघि गठित विशेस नापि टोलिले त्यस क्षेत्रको काम सम्पन्न गरेको आयोगका सदस्य मदन अधिकारीले वताए । उनले भने, ‘एकाध ऐलानि जग्गा भए अव आयोगले गर्ने छ ।’
समस्या सतासीधाममा
साविकको सतासीधाम गाविसको वडा नम्बर ८ र ९ नम्बर वडा आयोगका लागि फलामको चिउरा हुने भएको छ । जोडिएको रतुवामाईवृक्षा रोपण आयोजनाको अतिक्रमित जग्गाको लालपुर्जा लिन कतिपय किसान कागजी प्रमाण जुटाउन थालेका छन ।
रतुवामाईवृक्षा रोपण आयोजनाको जंगलहाता कोहि कसैले अतिक्रमण गरेर झुटा विवरण पेसी लालपुर्जाका लागि प्रयास गरे जो कोहि पनि जेल जान सक्ने आयोजना प्रमुख खेम विकले जनाए । उनले भने, ‘आयोजनाको एक ईन्च जग्गा पनि तलमाथीहुने छैन ।’ सो वनको दक्षीण क्षेत्रको केहि भागमा मानव वस्ती र स्थायी प्रकृतिका संरचना निर्माण भएका छन । हालै गठित विशेस नापि टोलिले वन क्षेत्रको जग्गा क्लियर गर्ने वित्तिकै त्यस्ता संरचना र मानव वस्ती खाली हुने आयोजना प्रमुखले वताए ।
आयोजना प्रमुख विकले केहि जग्गा अतिक्रमण गरेर स्थानियले उपभोग गरेको वताएपनि कति क्षेत्र अतिक्रमित छ भन्नेवारेमा तथ्याँङ्क संकलन भईरहेको वताए ।
समस्या हुने ठाँउमा कर्मचारी र जनप्रतिनिधिले पनि कोही कसैको प्रभावमा नपरी काम गर्न आयोगले अनुरोध गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker