उद्योग वाणिज्य संघ कमलको अध्यक्षमा भण्डारी लगायत सम्पुर्ण टिम निर्विरोध
कमल । झापा उद्योग वाणिज्य संघ शाखा कमल गाउँपालिकाको आईतवार सम्पन्न १२ औं वार्षिक साधारणसभा बाट आगामी ३ वर्षे कार्यकालका लागी अध्यक्षमा उमानाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी संघको वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ उद्योग उपाध्यक्षमा युवराज पाठक सचिव विरेन्द्र अधिकारी वाणिज्य उपसचिव कृष्ण ओझा, उद्योग उपसचिव सेलिना राई कोषाध्यक्ष भगिरथ रिजाल समेत सर्वसम्मत निवाचित भएको निर्वाचन समिती संयोजक शरणकुमार परापुलीले जानकारी दिए ।

त्यसैगरी सदस्यमा रामप्रसाद दाहाल,यदुपति मल्लिक,भुवन चम्लागाई,मुक्तिनाथ काफ्ले,शेखर निरौला, देविमाया नेपाल र विन्दुराई समेत सर्बसम्मत निर्वाचित भएको पराजुलीले बताए ।
संघका कार्यवाहाक अध्यक्ष उमानाथ भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सरकारी ,सहकारी र निजि क्षेत्रको समहकार्यमा मात्र सवैकुराको विकास हुनेभएकोले आगामी दिनमा सहकार्य गरेर अगाडी बड्नुपर्ने बताईन् । त्यसैगरी विशेष अतिथी नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य उमेश डालमियाले सबै नगर र गाउपालिकामा भएका उद्योग वाणिज्य संघ अव स्वतन्त्र भएकोले विधान संसोधनगरी व्यवसायीको हकहितका लागी अगाडी बडुनुपर्ने बेलाआएको बताए ।
कार्यक्रममा अतिथी कमल गाउँपालिका वडानम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितीका वाणिज्य उपाध्यक्ष पृथ्वि डाँगी लगायतले १२ औ साधारणसभा को सफलताका साथै नवनिर्वाचित समिती लाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
संघका सचिव विरेन्द्र अधिकारीले सन्चालन गरेका थिएभने उपाध्यक्ष अमल श्रेष्ठले शाब्दिक शव्दद्वारा स्वागत गरेका थिए ।