यू–१९ विश्वकप छनोटः ओमानविरुद्ध नेपाल फराकिलो अन्तरले विजयी

काठमाडौं, ३ बैशाख–आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजति गरेकव छ । मलेसियाको सिंलगार टर्फ क्लबमा भएको खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले परजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ७९ रनमा अलआउट भयो ।

ओमान ४४.१ ओभरमा ७९ रन बनाएर अलआउट भएको हो । उसका जम्मा दुई खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिए । अमनप्रति सिह्र र जिल तन्नाले समान १३.१३ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन् । नेपालका लागि पवन सर्राफले ३, प्रतिस जिशी र सूर्य तामाङले समान २-२, कुशल मल्ल, भीम शार्की र कमलसिंह ऐरीले समान १-१ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर एक बलमा २२९ रन बनाएको थियो । सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सर्राफ पाँच रनमा आउट भए भने रित गौतम १० रनमा पभेलियन फर्किए ।

नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो । आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालको स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दीप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुम्यो । डेब्यु खेलमा अर्धशतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए । जसका कारण नेपालले ८१ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम शार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो ।

तर, कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भीम पनि ३९ रनमा बाहिरीए । जसका कारण नेपालले १७५ रनमा सात विकेट गुमायो । त्यसपछि कुशल मल्ल पनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपालले नवा‌ै‌ विकेट गुमायो । अन्तिममा आएका प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।

ओमानका लागि जिल तन्ना, आजम अलि, सन्जय रवीन्द्र र मुजाहिर राजाले समान २-२ विकेट लिएका थिए भने यश मेहता र प्रथमेश कुम्लेको नाममा समान १-१ विकेट रहेको थियो । नेपालले प्रतियोगितामा चार देशविरुद्ध खेलेर तीनमा जित हासिल गरेको छ भने युएईसँग पराजित भएको थियो । वर्षाले प्रभावित खेलमा डिएल मेथडमा नेपाल युएईसँग १ रनले पराजित भएको हो । उक्त पराजयसँगै नेपालको विश्वकप खेल्ने सम्भावना न्यून छ । नेपालले विश्वकप खेल्नका लागि युएईले एक खेलमा पराजित हुनुपर्ने छ तर उसले खेल्ने देशहरू कमजोर रहेका छन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker