कमल गाउँपालिकाको निती तथा कार्यक्रममाथी विकास बहस

कमल . झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७५।०७६का लागी तयार पारेको निती तथा कार्यक्रम कत्तिको जनमुखी भयो भन्ने विषयमा शुक्रवार विकास बहस गरीएको छ ।
जिल्ला समन्वय समिती झापा, झापा जिल्ला सहकारी संघ र मिडिया रिसर्च सेन्टर को आयोजना र कमल गाउँपालिकाको व्यवस्थापनमा झापाका १५ वटै स्थानिय तहको निती तथा कार्यक्रमका बारेमा विकास बहस सन्चालन गर्ने क्रममा शुक्रवार कमल गाउँपालिकामा सन्चालन गरेको मिडिया रिसर्च सेन्टरका अध्यक्ष तिर्थ सिग्देलले जानकारी दिए ।
गाउँपालिकाले तयार पारेको निती तथा कार्यक्रमका विषयमा विषय विज्ञ अर्थशास्त्रि राजेन्द्र अधिकारी , सहकारीका तर्फ बाट खोम बगाले तथा सरकारका तर्फ बाट जिल्ला समन्वय समिती झापाका उपाध्यक्ष मिना पराजुलीले निती तथा कार्यक्रका विषयमा बोलेका थिए ।
कार्यक्रममा “समृद्ध कमल हाम्रो सरोकार ” नारा लाई सफल बनाउन गाउँपालिकाको निती तथा कार्यक्रमका विषएमा उठेका जिज्ञासाको कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले प्रष्ट पारेकी थिईन् ।
गाउँपालिका उपाध्यक्ष बेनु प्रसाद सिवाकोटीले सहभागीले राखेका जिज्ञासाको जवाफ सहित धन्यवाद मन्तव्य राखेका थिए भने मिडिया रिसर्च सेन्टरका सचिव सन्तोस आचार्यले सहजीकरण गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker