एनआईसि एशिया बैंकको अतुलनिय बिशेषतासहित चमत्कारिक बचत निक्षेप योजना

कमल÷एनआईसि एशिया बैङकले बित्तीय क्षेत्रमा पहिलो पटक चमत्कारिक बचत निक्षेप योजना ल्याएको दाबी गरेको छ ।

No posts found.

झापाको दमकमा शुक्रबार पत्रकार मञ्चको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर एनआईसी एशिया बैंकले यस्तो जानकारी गराएको छ । सो बैकका दमकस्थित प्रदेश न १ का उपक्षेत्रीय कार्यालयका प्रमुख दीपक थापाले पत्रकार भेटघाट गरेर बैङकले ल्याएको चमत्कारीक योजनाका बारेमा सार्वजनिक गरे । उनले एनआईसी एशिया बैकले नेपालको बित्तीय क्षेत्रमा नै पहिलो पटक चमत्कारीक बचत योजना ल्याएको दाबी गरे ।

आम जनमानसमा बचत गर्ने बानीलाई अभिप्रेरित गर्ने उदेस्यका लागी चमत्कारीक बचत खातामा नारी, जेष्ठ नागरिक, बाबुनानी बचत खाता, बिद्यार्थी स्वरोजगार र तलव खातामा चम्तकारी योजना ल्याएको उपक्षेत्रीय कार्यालय दमकका प्रमुख दिपक थापाले जानकारी दिए ।

‘बैक पनि, साथि पनि–राम्रो पनि, हाम्रो पनि’ उद्घोषसहित बैंकले अतुलनिय बिशेषताहरुसहित १५ वटा नयाँ चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ ।

यो बचत खातामा बचतकर्ताले न्यूनतम रु १ हजारदेखी १ लाखसम्म बचत गर्दा रु १५ लाखसम्मको दुर्घटना र १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजारसम्मको औषधि उपचार बिमा रहेको बैंकको आगमी योजनामा उल्लेख छ । यो सुविधा बित्तीय कारोबार गर्ने सस्था मध्य पहिलो एन आई सि एसिया बैङ रहेको प्रमुख थापाले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker