कमल गाउँपालिकामा अन्तर क्लब क्रिकेट प्रतियोगिता हुने

झापाको कमल गाउँपालिका २ समयगढमा अन्तर क्लव स्तरीय कप टी–२० नकाउट क्रिकेट प्रतियोगिता हुने भएको छ । न्यू अरुण स्पोर्टिङ् क्लबको आयोजनामा यहि चैत्र २२ गतेदेखी बैशाख ६ गतेसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

युवाहरुलाई खेलकुदको माध्यमबाट समेट्दै क्रिकेट विकासमा टेवा पुर्याउने उद्धेश्यले क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको न्यू अरुण स्पोर्टिङ् क्लबका अध्यक्ष टोया बहादुर खड्काले जानकारी दिनुभयो ।

झापा र मोरङका गरि १६ टिम सहभागी हुने प्रतियोगिता कमल गाउँपालिका २ स्थित महेन्द्र रत्न माध्यमिक बिद्यालयको खेल मैदानमा हुनेछ ।

चैत्र २२ देखि चैत्र २८ गतेसम्म छनौट चरणको खेलहरु तथा चैत्र २९ गतेदेखी बैशाख २ गतेसम्म क्वाटर फाइनल खेलहरु हुनेछन् ।

त्यसैगरी, बैशाख ३ र ४ गते सेमि फाइनलका खेलहरु र बैशाख ६ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु ४५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर र बेस्ट व्याट्सम्यानलाईसमेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker