पन्चेवाजा बजाउने तालिम समापन

कमल ÷ कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र सयुक्त दलित उपभोक्ता समितिको आयोजनामा सन्चालीत पन्चेवाजा प्रशिक्षण कार्यक्रम को आज समापन भएको छ ।
सयुक्त दलित उपभोक्ता समितिकाका अध्यक्ष देव बहादु दर्जिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले सहभागी लाई प्रमाणपत्र वितरण पछि आफ्नो मन्तव्यका क्रममा लोप हुन लागेको नौमति बाजा को संरक्षण र प्रवद्धन गर्ने उद्येश्यले लालिम आयोजना गरेको बताईन् । विवाह लगाएत विभिन्न कार्यक्रममा नौमति बाजाको मागहुन थालेको छ । यसलाई अबका लिनमा युवा पुस्ताले संरक्षण गर्नुपर्ने बेला आएको समेत काफ्लेले बताउनुभयो ।
हिजो निश्चित एक जातिले मात्र बजाउने यो बाजा आज सबै जातजातिको समुहिक बाजा भएको छ । अहिले कुनै जाति विशेष नभएर सबै जातजातिले तथा महिला पुरुष दुबैले यो बाजा बजाउन थालेको कमल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले बताउनुभयो । गत चैत ५ गते देखी सुरुभएको पन्चेवाजा प्रशिक्षण कार्यक्रममा १३ जना दलित तथा गैर दलित ले प्रशिक्षण लिएका थिए ।
तालिक समापन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, नवोदय बहुउद्येश्य सहकारी सस्थाका अध्यक्ष शरण कुमार पराजुली , मेचियुनेस्को क्लवका अध्यक्ष मधुसुधन अधिकारी, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम दुर्गा प्रसाद कोईरालाले सन्चालन गर्नुभएको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker