२१ औं सताब्दीको आवश्यकता ज्ञान, सीप ,संस्कार, र प्रविधिमा आधारीत शिक्षा

कमल ÷ झापाको दमक स्थित सप्तश्री एकेडेकीले आज पत्रकार सम्मेलन मार्फत एकेडेमीले प्रदान गर्ने २१ औं सताब्दीको आवश्यकता ज्ञान, सीप ,संस्कार, र प्रविधिमा आधारीर शिक्षाका बारेमा जानकारी गराएको छ ।
एकेडेमिका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ शैक्षिकसत्र देखि एकेडेमीले २१ औं सताब्दीका आवश्यकता र चुनौतीलाई मध्यनजर गर्दै प्रदान गर्ने शिक्षा र सेवासुविधाका का साथै थप गतिविधिका बारेमा जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा एकेडेमीले २१ औं सताब्दीका आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्येश्यका साथ ज्ञान, सीप ,संस्कार, र प्रविधिमा आधारीर शिक्षा लाई व्यवसायीक र बैज्ञानीक रुपमा प्रदान गर्ने एक मात्र विध्यालय रहेको एकेडेमीका प्रिन्सिपल दिपक कुमार दंगालले जानकारी दिए ।
कार्यक्रममा एकेडेमी ले वालवालिकालाई सिप , प्रविधिमा आधारित शिक्षा प्रदान गर्दै विश्वस्तरमा समायोजन र प्रतिस्पर्धा गर्न सक्षम बनाउने ,बालबालिका लाई आफ्नो सस्कार रसस्कृति , मुल्य मान्यतालाई सम्मान गर्दै सु सस्कृत नागरिक तयारगर्ने , ज्ञान, सिप र अभिव्याक्ति कला प्रस्तुत गर्न सक्षम बनाउने,प्रतिभा प्रस्फुटन गराउन सक्षम बनाउने, असर र सफल व्याक्तित्व निर्माणमा केन्द्रित रहने लगायतका वियायमा समेत जानकारी गराईएको थियो ।
विध्यार्थि लाई विहान ८ बजेदेखी ५ बजे सम्म डे होस्टलको व्यवस्था गरिएको, स्कुल बसको व्यवस्था भएको अग्रेजि माध्यमा साथै नैतिक शिक्षा ,चाडपर्व र तिनको महत्व ,विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वका विषयमा समेतका विषयमा विध्यार्थि लाई जानकारी गराईने एकेडीमीका कोडिनेटर कुमार खतिवडाले जानकारी गराएका थिए ।
एकेडेमिले गुयास्तरिय पढाईका साथै नियमित व्यायम, शारिरिक अभ्यास,भ्रमण,स्थलगत सिकाई,परियोजनामा आधारित शिक्षणविधि लगायत अतिरिक्त कृयाकलापका साथमा सिकाई हुने एकेडेमिका फाईनान्सियल कन्ट्रोलर दिपेन्द्र पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker