कमल गाउँपालिकामा एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा

कमल ÷ कमल गाउँपालिकामा एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ ।
आगामी चैत १० गते बाट हुने एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए । गाउँपालिकामा ४ वटा परिक्षा केन्द्र रहने छन् । जस अन्तरगत शहिद धर्मभक्त माध्यमिक विध्यालय केन्द्रमा कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय , लक्ष्मि नरायण माध्यमिक विध्यालय , निहारीका अग्रेजि बोडिङ्ग स्कुल र वण्डरल्याण्ड बोडिङ्ग स्कुल गरी ४ वटा विध्यालयका २ सय ४२ जना विध्यार्थि सहभागी रहने छन् ।
त्यसैगरी कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय केन्द्रमा महेन्द्ररत्न माध्यमिक विध्यालय , शहिद धर्मभक्त माध्यमिक विध्यालय मोति माध्यमिक विध्यालय , भानु माध्यमिक विध्यालय, लालिमा आवासिय माध्यमिक विध्यालय र पाथिभरा अग्रेजि बाडिङ्ग स्कुलका २ सय ८१ विध्यार्थि सहभागी रहने सोहि केन्द्रका केन्द्राध्याक्ष हिमप्रसाद दाहालले जानकारी दिए ।
त्यसैगरी महेन्द्र रत्न माध्याकि विध्यालय केन्द्रमा नरेन्द्र जनता माध्यमिक विध्यालय, ज्याति माध्यमिक विध्यालय र नवोदय माध्यमिक विध्यालयका ९४ जना विध्यार्थि परिक्षामा सहभागी हुने विध्यालयले जनाएको छ ।
त्यसैगरी वाणि माध्यमिक विध्यालय केन्द्रमा सरस्वती माध्यमिक विध्यालय, मंगलमय माध्यमिक विध्यालय , स्मारिका अग्रेजि बाडिङ्ग स्कुल , मनसुन अग्रेजि बाडिङ्ग स्कुलक , ईभरग्रीन अग्रेजि बाडिङ्ग स्कुलक , हिमाली अग्रेजि बाडिङ्ग स्कुलक , साउथपोल अग्रेजि बाडिङ्ग स्कुलक र स्टार अग्रेजि बाडिङ्ग स्कुलका २ सय ९९ जना विध्यार्थि सहभागी हुने शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए ।
एसईई परिक्षा विहान ८ बजे वाट १० बजे सम्म सन्चालन हुने छ । परिक्षाका लागी आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षा केन्द्रमा पुगिसकेको छ भने सबै परिक्षा केन्द्रले आफुलाई आवश्यक पर्ने सम्पुर्ण तयारि पुरागरीसकेको समेत दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker