सहमती पछि खोला अवरोध हट्यो

केशवराज भण्डारी

No posts found.

विर्तामोड ÷ झापाको अर्जुनधारा नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानिय मजदुरको नाम वाट गरिएको अवरोध लामो समयको छलफल पछी टुङ्गीएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वन कार्यालयको सभाहलमा करिव ५ घण्टा लामो छलफल र वहस गर्दै स्थानिय राजनितिक दल, मजदुर, अर्जुनधारा नगरपालिकाका मेयर, उपमेयर, सम्पुर्ण वडाका वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृत बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष लगायत स्थानिय आम नागरिकहरुको सहभागितामा छलफल तथा सहमती भएको हो ।
अर्जुनधारा नगरपालिकाले विगत ६ महिना अगाडी लगाएको ठेक्कामा स्थानिय मजदुरका नाम वाट गरिएको विरोधका कारण ठेकेदार कम्पनीले नदिजन्य सामाग्री उत्खनन गर्न सकेको थिएनन् । नगरपालिकाले तयार भएको आइ इ प्रतिवेदन अनुसार उत्खननका लागी योग्य स्थानको पहिचान गरि सिमाना लगाएर ठेक्का लगाएको थियो ।
तर स्थानियका नाम वाट विभिन्न राजनितीक दलहरु वाट वडा कार्यालय तालावन्दि देखी ज्ञापन पत्र बुझाउने कार्य निरन्तर जारी रहे पछी नगरपालिकाको तर्फ वाट विभिन्न समयमा पटक पटक वैठक सञ्चालन गरी स्थानियको माग र सर्त अनुसार खोलामा चेक ड्याम कस्न डिपिआर तयार गर्न सुरु गर्ने, खाने पानि तथा नहरका मुहानहरुको संरक्षण तथा ब्यववस्थापन गर्ने, बुद्धशान्ति गाउँपालिकाको पनि सहयोगमा जोखिम स्थानको पहिचान गरी जनताको तटवन्धन बाट निर्माण गर्ने गरी प्लमवाल निर्माण गर्ने, ठेकेदार कम्पनीलाई नदिजन्य पदार्थ उत्खननमा कहि कसैले पनि अवरोध नगर्ने, नगरपालिकाको वडा कार्यलय वाट वितरण गरिने मजदुर परिचय पत्र अर्थात सुचिकरण यथार्थपरक हुने गरी परिमार्जनका लागि आवश्यक मापदण्ड वनाउने, खोलामा आश्रित मजदुरहरुलाई अवरोध नगर्ने लगायतका ६ सुत्रिय निर्णय गरी खोला अवरोध हटाईएको हो ।
झापाको अर्जुनधारामा लगाइएको नदीजन्य सामग्रीको ठेक्का संकलन प्रक्रियालाई अगाडि बढाउन कुनै अवरोध कतैबाट नगर्ने र मापदण्ड बमोजिम तोकिएको स्थानबाट उत्खनन गर्ने सहमति भएको छ । नगरपालिका, स्थानीय राजनीतिक दल, मजुर र ठेकदारको सहमति भएपछि विगत ६ महिनादेखि ठेक्का संकलनमा देखिएको अवरोध खुलेको हो ।
असोज महिनामा नै विरीङ्ग, नदीमा लगाएको अर्जुनधारा नगरपालिकाले नदीको अति संम्वेदनशिल र जोखिम स्थानको पहिचान गरी प्लमवाल ( जनताका तटबन्धन स्तरीय) बाँध निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको अर्जुनधारा नगरपालिका झापाका प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो

अर्जुनधाराको विरिङ, टाङटिङ सहित अन्य नदीमा २ करोड ६१ लाख रुपैयाँमा ठेक्का लागेको थियो । नदीजन्य सामग्री उठाउन नपाएपछि ठेकेदार समूहले ठेक्का रकम फिर्ता गरिदिन पटक पटक आग्रह गर्दै आएका थिए ।
छलफलमा नगरपालिका उप–प्रमुख कमला खतिवडा, नेपाली काग्रेसका नगर सभापति हेमराज खरेल, अर्जुनधारा ३ का अध्यक्ष जीवन कुमार भण्डारी, नयन अधिकारी, राम बहादुर निरौला, नेकपा वडा सचिव विजेन्द्र एक्तेन, सन्त तामाङ, राप्रापाका प्रतिनिधि खेम चापागाई, नेपाली काग्रेसका उपेन्द्र बस्नेत, मिलन श्रेष्ठ, विष्णु नेपाल, धरणी सुवेदी, ठेकेदारका तर्फबाट विजय सेन्दाङ, पवन खनाल लगायतले बोल्नुभएको थियो ।
स्थानियको खोला अवरोध हटे सँगै खोलाका मुहानहरु ब्यवस्थित गर्ने तथा स्थानिय स्तरमा पानिको श्रोत ब्यवस्थित हुने, खानेपानि तथा सिंचाइका लागि नहरका मुहान ब्यवस्थित साथै वाँध निर्माण हुने पक्का भएको छ । छलफल कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, मजदुर लगायतले आ आफ्ना मागहरु राखेका थिए । खोलामा पानि उकासका लागि चेक ड्याम निर्माण तथा पैनिको मुहान ब्यवस्थित गरिनुपर्ने मागहरुनै वढि उठेका थिए । जस्ले गर्दा सो कामहरु पुरा गर्न खोला ठेक्का वाट उठेको आफ्नो भागको रकम वुद्ध शान्ति गाउँपालिकाले पनि चेक ड्याम तथा मुहान ब्यवस्थित गर्ने कार्यमा खर्च गर्ने, अर्जुनधारा नगरपालिकाको भागमा पर्ने रकम र प्रदेश सरकारको भागमा पर्ने रकम पनि सोहि काममा खर्च गर्न माग गर्ने लगायतका मौखिक सहमती समेत भएको जनाईएको छ ।

:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker