पहाडमा उत्पादन भएका बस्तु तराईमा बजारीकरण गर्न सकेमात्र कृषि क्षेत्र फस्टाउने

दमक ,फागुन २१÷ पहाडमा उत्पादन भएका बस्तु तराईमा बजारीकरण गर्न सके मात्र कृषि क्षेत्र फस्टाउने दमकमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
मानसरोवर कृषि सहकारी संस्था दमकले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले पहाडमा उत्पादन भएका बस्तु तराईमा साट्ने र तराईमा पाइने बस्तु पहाडमा पुरायाउनु सके मात्र कृषि क्षेत्रको विकास हुने सहभागीले बताएका हुन् ।
मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्ष विश्व वरालले प्रस्तुत कार्यपत्र माथि छलफलका सहभागीहरुले हिजोको दिनमा तराईको चामलसंग पहाडमा फलेका फसी, स्कुस ,अदुवा , लगायतका उत्पादन साटासाट गर्न सकेमा अहिले बाँच्नका लागि मात्र खेती गर्ने प्रणालीको अन्त हुने इलामका सहकारी अभियान्ता देवेन्द्र रेग्मीले बताउनु भयो । पहाडमा फलेको बस्तु विषादी रहित छ भन्ने प्रमाण दिने काम पनि स्थानिय सरकारले खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशाला राखेर दिनु पर्ने अभियान्ता रेग्मीले बताउनु भयो ।
माङमालुङ चिया वगान लिमिटेड चिसोपानीका अध्यक्ष किरण राईले स्थानिय सरकारले निति बनाएर कृषिको ब्यवसायीकरण गर्न सहयोग गर्नु पर्ने बताउनु भयो । कृषिमा युवाहरुलाई आर्कषित गर्दै अल्पकालिन ,दिर्घकालिन र मध्यकालिन योजना बनाएर काम गरेर मात्र कृषिले उन्नीति गर्ने दमक नगरपालिकाको उपमेयर गीता अधिकारीले बताउनु भयो ।
अहिले निर्वाहमुखी कृषि प्रणालि रहेको अवस्थामा यसलाई ब्यवसायीकरण र बजारीकरण गर्न सहयोग गर्ने माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । इलामकै फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईले कृषि प्रति देखीएको वितृष्णलाई हटाउदै बजारीकरण खोज्नु पर्ने बताउनु भयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker