कमल गाउँपालिकामा सुत्केरी स्याहार कार्यक्रम प्रभावकारी बन्दै

कमल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष डम्बर निरौला सोहि वडाकी होमादेवी बस्नेत लाई सुत्केरी स्याहार वापतको रकम प्रदान गर्दे ।

No posts found.

कमल , १९ फागुन ÷ झापाको कमल गाउँपालिकाले सन्चालनमा ल्याएको सुत्केरी स्याहार कार्यक्रम प्रभारकारी भन्दै छ । अहिले सम्ममा यस कार्यक्रम अन्तरगत एक सय जना भन्दा बढीले सेवा लिई सकेका छन् ।
विषेश गरेर गर्भवती महिला लाई वर्थिङ्ग सेन्टरमा बच्चा जन्माउन र भर्खर जन्मेका सिशुलाई खोप लगाउन प्रेरणा मिलोस भन्ने उद्येश्यले यो कार्यक्रम सन्चालनमा ल्याईएको कमल गाउँपालिकाले जनाएको छ ।
गर्भवति महिलाले गर्म परिक्षण गरेवापत एक हजार र वर्थिङ्ग सेन्टरमा बच्चा जन्माए वापत एक हजार गरी जम्मा दुई हजार रुपैया पाउने गरेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।
महिलाले यो सुविधा पाउनका लागी अनिवार्य रुपमा वर्थिङ्ग सेन्टरमा बच्चा जन्माउनु पर्ने, बच्चा लाई पहिलो खोप लागाएको हुनु पर्ने, चार पटक गर्भ परिक्षण गराएको हुनुपर्ने , ३५ दिन भित्रमा जन्मदर्ता गराउनु पर्ने र घरमा अनिवार्य शौचालय हुनु पर्ने छ अनि मात्र सुत्केरी महिलाले यो सुविधा पाउने छन् ।
गत आर्थिब वर्षमा ३ सय ७७ जनाले यस्तो सिविधा लिएका थिए भने यस आर्थिक वर्षमा अहिले सम्ममा १ सय जना भन्दा बढीले सुविधा पाई सकेको स्वस्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रमका लागी कमल गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker