‘चट्ट रुमाल’ को रिमेकमा सलिनको छमछमी

दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएको फिल्म आफ्नो मान्छेु मा समावेश गीत चट्ट रुमालु लाई दर्शकले फेरि एकपटक हेर्न पाउने भएका छन् । यो गीतलाई चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म यात्राु मा रिएरेन्ज गरेर समावेश गरिएको छ । आउँदो मंगलवार गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

शुक्रवार निर्माण टिमले फिल्ममा समावेश यस गीत छायांकनका केही अचल तश्बिरहरु सार्वजनिक गरेको छ । प्राप्त तश्बिरमा फिल्मका प्रमुख कलाकारहरुलाई टिपिकल पहिरनमा देख्न सकिन्छ । बाबुराम दाहालको शब्द रचनामा तयार ओर्जिनल गीतमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए ।

रिमेक भर्सनमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि(एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा स्टाइलिसु अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ ।

फिल्ममा सुहाउने भएकै कारण ुचट्ट रुमालु गीतलाई राखिएको निर्माताका मध्येका एक केशव भट्टराईले जानकारी दिए । उनी फिल्म आफ्नो मान्छेु मा पनि निर्माता थिए । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । सम्राट शाक्य यसका निर्देशक हुन् ।

केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker