सडकमा छोडिने छाडा पशुका कारण दुर्घटना

कमल ११ फागुन ÷ सडकमा छोडिने छाडा पशुका कारण दुर्घटना हुने गरेको कार्यक्रमका सहभागीले बताएका छन् ।
कमल गाउँपालिकाको आर्थिक सहयोग तथा मेचि युनस्को क्लवको आयोजनामा केर्खा स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा “ सडकमा छोडिने छाडा पशु नियन्त्रण, दुर्घटना न्युनिकरण र यातायात सेवालाई नियमित गर्ने विषयक ” छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
पुर्व पश्चिम सडक खण्ड अन्तरगत गाउँपालिकाको वडा नम्बर ३,४र ५ मा पर्ने कमल खोला देखी रतुवा खोला सम्मको क्षेत्रमा चरणका लागी छोडिएका छाडा पशुका कारण दुर्घटना हुने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले यस्तो योजना अगाडी सारेको कार्यक्रमका प्रमुख अतिथी तथा कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
मेचि युनेस्को क्लवका अध्यक्ष मधुसुधन अधिकारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यलय दमकका डिएसपी श्यामल सुब्बा ले सवारी दुर्घटनामा सवारी चालक को पनि उत्तिकै भुमिका हुनेभएको सवारी चलाउदा ट्राफिक नियम पालना गर्नु पर्ने बताए ।
त्यसैगरी माईखोला देखि रातुवा सम्मको क्षेत्रमा हुने अधिकांस सवारी दुर्घटना छाडा पशुकै कारण हुनेगरेको छ । त्यसको न्युनिकरणका लागी कमल गाउँपालिकाले सुरुगरेकोमा धन्यवाद दिएका थिए ।
सडकमा छोडिएका छाडा पशुका कारण कमल गाउँपालिका अग्रणि स्थानमा छ । यसले गाउँपालिकाको चिनारी फरक पारेको छ । यसमा सबै लागेर खुल्ला छोडिएका पशु लाई नियन्त्रण गर्न आवश्यक छ लक्षित बर्ग पैचान गरी यस कार्यक्रम लाई कार्यन्यन गर्न कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकाटीले अनुरोध गरे ।
हामि जनताको संवृद्धि चाहान्छौ स्थानिय जातका पशु पालेर र दिनभरि जङ्गलमा छोडेका भरमा कुनै फाईदा हुँदैन । जसका कारण सवारी दुर्घटनामा बढेको छ । त्यसैले उन्नत जातका पशुलाई घरमा व्यवस्थित तरिकाले पाल्नेमा यस्ता कृषक लाई घाँस काट्ने मसिन, उन्नत जातको घाँसको विउ र पशुविमा लगाएतका थप सुविधा गाउँपालिकाले उपब्ध गराउने कमल गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले जानकरि दिनुभयो ।
त्यसैगरी कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालयका प्रध्यान अध्यापक हिम प्रसाद दाहाल, शिक्षक कुमार खतिवडा,दुरेन नेँम्वाङ्ग,मान बहादुर विष्ट लगायतले छाडा छोडिएका पशुका कारण हुने गरेको दुर्घटनामा धेरैले ज्यान गुमाई सकेको बताउदै खुल्ला चरिचरणका रोक लागाउनु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker