नगरपालिका भित्रका जग्गाधनीका लागि मुआब्जा माग गर्नेे निर्णय

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङका जग्गा धनीलाई मुआब्जा दिन सडक विभागसँग माग गर्ने निर्णय भएको छ । कालोपत्रेको काम भइरहेको मध्येपहाडी लोकमार्गमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका जग्गाधनीको लागि मुआव्जा माग गर्ने निर्णय भएको हो । यसअघि सडक विभागले लागू गरेको मापदण्ड अनुसार जग्गा छाड्दा अधिकांशको घडेरी समेत नरहने भन्दै उचित मुआब्जा दिने व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गरेको निर्णय नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग समक्ष पठाउने निर्णय गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । सरकारले लागू गरेको मापदण्ड अनुसार जग्गा छाड्दा सडक आसपासका अधिकांश स्थानीयवासी सुकुम्बासी हुने अवस्था आएकाले पुनःस्थापनाका लागि मुआब्जा दिनुको विकल्प नभएको नगरप्रमुख रिजालको भनाई छ ।

कालोपत्रेको काम भइरहेको मध्यपहाडी लोकमार्गको दाँया–बाँया ३१र३१ मिटर छाडेर घर निर्माण तथा व्यापार व्यवसाय सञ्चालन गर्न सरकारले यसअघि निर्देशन गरेको थियो । सरकारको निर्देशन लगत्तै सडकको दाँया र बाँया ३१र३१ मिटर ओगटेर काम कालोपत्रेको काम थालिएपछि दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डका जग्गा धनीले मुआब्जा दिन सरकारलाई दबाब दिइरहेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker