सिंगल थिएटरमा तीन फिल्म, मल्टिप्लेक्समा ‘टोटल धमाल’ को कब्जा

गएको कात्तिकमा आएको ‘चङ्गा चेट’ र मंसिर रिलिज ‘प्रसाद’ पछि नेपाली फिल्मको व्यापार लगभग टाँट पल्टिएको अवस्थामा छ । गएको मंसिर महिनापछि हरेक हप्ता दुई भन्दा बढी फिल्म रिलिज हुँदै आए पनि कुनैले दर्शकको ठूलो भीड हलसम्म तान्न सकेका छैनन् । प्रत्येक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी पोखेझैँ भएको छ ।  फिल्मको व्यापार ठन्डाराम भए पनि फिल्म प्रदर्शन र निर्माण हुन भने कम भएको छैन । यस हप्ता मात्र एकसाथ सिंगल थिएटरमा तीन फिल्म प्रदर्शनमा आएका छन् । ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । यी तीन फिल्मले निर्मातालाई सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने सोज पाएका छैनन् । 

 काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको दिनेश सिंह ठकुरी निर्देशित फिल्म ‘रुमालै छ चिनो’ मा नायक सुशान्त कार्की र नायिका अप्सना थापा लिड रोलमा छन् । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा फिल्म आधारित छ ।  फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रेशम थापाको कथा छ ।  नविन निरौला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’ लाई अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् । फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो ।  यस्तै, मदन घिमिरे निर्देशित तथा लायन कृष्ण खनालको निर्माण रहेको फिल्म ‘ब्वाईफ्रेण्ड’ मा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । युवापुस्तामा मौलाएको ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने विषयलाई फिल्ममा समेटिएको छ ।  राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा भने फ्राईडे रिलिज बलिउड फिल्म ‘टोटल धमाल’ ले कब्जा गरेको छ । यो फिल्मले मल्टिप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ । ५० बढी सिंगल थिएटरमा पनि यो फिल्म लागेको छ । यस धमाल फ्रेन्चाइजीको तेस्रो फिल्ममा अजय देवगन, माधुरी दीक्षित र अनिल कपूरलगायत थुप्रै कलाकार छन् । 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker