प्याव्सन स्पोर्ट मिट २०७५ लालिमा को पोल्टामा

निजि तथा आवासिय विद्यालय अर्गनाईसेन नेपाल कमल गाउँपालिका मा सन्चालित प्याव्सन स्पोर्ट मिट २०७५ मा जुनियर फुटवल तर्फ हिमाली वोडिङ्ग स्कुल कमल ६ प्रथम भएको छ भने फोनिक्स ईङ्गलिस स्कुल कमल ४ द्वितिय भएको छ भने लालीमा आवासिय मावी तृतिय भएको छ ।
त्यसैगरी क्रिकेट तर्फ प्रथम नवोदय वोडिङ्ग स्कुल कमल २ , द्वतिय हिमाली वोडिङ्ग स्कुल कमल ६ र तृतिय एभरग्रिन वोडिङ्ग स्कुल कमल ७ भएको आयोजकले जनाएको छ ।
कमल । प्रतियोगितामा छात्रतर्फको भलिवल मा लालिमा आवासिय मावि कमल ३ प्रथम भएको छ भने द्वितिय फोनिक्स ईङ्गलिस स्कुल कमल ४ तथा तृतिय एभरग्रिन वोडिङ्ग स्कुल कमल ७ भएको छ । छात्रा तर्फको भलिवल प्रतियोथितामा प्रथम लालिमा आवासिय मावि द्वतिय निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय फोनिक्स ईङ्गलिस स्कुल भएको निजि तथा आवासिय विद्यालय अर्गनाईसेन नेपाल कमल गाउँपालिका अध्यक्ष वदी राईले जानकारी दिए ।
प्रतियोथितामा २०० मिटर दौडमा माध्यमिक तर्फ लालिमा का मोहनराज लावती र छात्रा तर्फ निहारिका का प्रिति सापकोटा तथा ४०० मिटरको दौडमा छात्र तर्फ लालिमाका खगेन्द्र लावती र छात्राा तर्फ निहारीका की मुना कोईराला र ८०० मिटरको दौड छात्र तर्फ हिमालीका सुभास टुडु र छात्रा तर्फ सरस्वती की एलिना डाँगी विजय भएको राईले बताए ।
फागुन २ गते बाट सुरुभएको प्रतियोगिताको उद्द्धाटन गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बाट कमल गाउँपालिका ३ स्थित खेल मैदानमा गरीएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker